National life

बीमा क्षेत्रमा देखियो डरलाग्दो रोग गत आर्थिक वर्षमा १४ अर्ब भन्दा बढीको बिमा पोलिसी सरेन्डर

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|१२ साउन २०८०, शुक्रबार
514Shares
बीमा क्षेत्रमा देखियो डरलाग्दो रोग गत आर्थिक वर्षमा १४ अर्ब भन्दा बढीको बिमा पोलिसी सरेन्डर
ncell

काठमाडौं । गत आर्थिक वर्षको असारसम्ममा बिमितहरुले साढे १४ अर्ब १८ करोड ८ लाख रुपैयाँभन्दा बढीको बिमा पोलिसी त्याग (सरेन्डर) गरेका छन् । यस अवधिमा १ लाख ४ हजार ५ सय पोलिसी सरेन्डर भएका छन्। जुन गत आर्थिक बर्षको भन्दा २ अर्ब रुपैँयाले बढी हो।

नेपाल बीमा प्राधिकरणको तथ्यांकअनुसार गत आर्थिक वर्ष २०७८/७९ को यस अवधिमा जीवन बिमा कम्पनीका बिमितहरुले १२ अर्ब १८ करोड ८ लाख रुपैयाँ बराबरको ८१ हजार ८७० वटा बिमालेख सरेन्डर गरेका थिए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

जीवन बीमा कम्पनीहरुका बीमितहरुले गत आर्थिक वर्षको साउनमा १ अर्ब १५ करोड २७ लाख रुपैयाँ बराबरको ८ हजार ४२२ वटा, भदौमा १ अर्ब १४ करोड ८६ लाख रुपैयाँ बराबरको ८ हजार ५२ वटा, असोजमा ७७ करोड ३२ लाख रुपैयाँ बराबरको ६ हजार ६३ वटा बीमालेख, कात्तिकमा १ अर्ब ११ करोड ९७ लाख रुपैयाँ बराबरको ६ हजार ७४६ वटा बीमालेख, मंसिरमा १ अर्ब १ करोड ६२ लाख रुपैयाँ बराबरको ७ हजार ६५० वटा बीमालेखहरु त्याग गरेका थिए ।

यस्तै पुसमा ८७ करोड ४३ लाख रुपैयाँ बराबरको ६ हजार ७८२ बीमालेख, माघमा १ अर्ब ३२ करोड ७७ लाख रुपैयाँ बराबरको ९ हजार ८३९ वटा बीमालेख, फागुनमा १ अर्ब ८ करोड २६ लाख रुपैयाँ बराबरको ८ हजार ९३९ वटा बीमालेख, चैतमा १ अर्ब १८ करोड ६ लाख रुपैयाँ बराबरको ९ हजार ३५८ वटा बीमालेख, बैशाखमा १ अर्ब ३० करोड ८६ लाख रुपैयाँ बराबरको १० हजार ७९७ वटा बीमालेख र जेठमा १ अर्ब ३ करोड ८९ लाख रुपैयाँ बराबरको ९ हजार ७३३ वटा बीमालेखहरु बीमितले त्याग गरेका हुन् ।

 

 

यो समाचार शेयर गर्नुहोस्
514SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?