काठमाडौं । सगरमाथा लुम्बिनी ईन्स्योरेन्स कम्पनी लिमिटेडको लहान शाखाले अपाङ्गता भएका व्यक्तिहरूलाई १० थान ह्विल चेयर वितरण गरेको छ ।
कम्पनीले विश्व अपाङ्ग दिवसको अवसर पारेर सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त ह्विल चेयरहरु अपाङ्गता भएका व्यक्तिहरूलाई हस्तान्तरण गरेको हो ।
कम्पनीले पद्मोदय फाउन्डेसन मार्फत हिजो सिराहाको धनगढीमाई न.पा.
एक कार्यक्रमको आयोजना गरी ह्विल चेयरहरु वितरण गरेको थियो ।


































