National life
cg eloctronics

अमेरिकी सिनेटमा बयान दिन एनभिडियाका पूर्वसीईओ जेन्सेन ह्वाङ सहमत

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
५ दिन अगाडि|०६ मंसिर २०८३, आइतबार
1.2kShares
अमेरिकी सिनेटमा बयान दिन एनभिडियाका पूर्वसीईओ जेन्सेन ह्वाङ सहमत
muktinatha bikash bank

काठमाडौं । अमेरिकी चिप निर्माता कम्पनी एनभिडियाका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सेन ह्वाङ अमेरिकी सिनेटको सार्वजनिक सुनुवाइमा बयान दिन सहमत भएका छन् ।

रिपब्लिकन सिनेटर टिम स्कटका एक सहयोगीले शुक्रबार ह्वाङ बयान दिन तयार भएको जानकारी दिएका हुन् । चीनको जासुस भएको आरोप लागेकी एक महिलासँग ह्वाङको सम्बन्ध रहेको दाबीसहितका विषयमा अमेरिकी सांसदहरूले अनुसन्धान गरिरहेका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3

‘द न्युयोर्क टाइम्स’ले ह्वाङको ती महिलासँग प्रेम सम्बन्ध रहेको समाचार प्रकाशित गरेपछि उनीमाथि सांसदहरूको चासो बढेको हो । यससँगै चीनमा एनभिडियाका अत्याधुनिक कृत्रिम बौद्धिकता (एआई) चिप निर्यात गर्ने विषयले पनि थप प्रश्न जन्माएको छ ।

योजनाअनुसार सुनुवाइ भएमा नोभेम्बर १२ मा एनभिडियाको सीईओ पद छाडेपछि ह्वाङले पहिलोपटक सार्वजनिक रूपमा आफ्नो धारणा राख्नेछन् ।

everest bank
यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?