National life
cg eloctronics

सेयर बजारमा राताम्य हुँदा यी कम्पनीले दिए हरियो संकेत

नेप्से दोहोरो अंकले घट्दा यी कम्पनीका लगानीकर्ता मालामाल

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ महिना अगाडि|२५ भदौ २०८३, बिहिबार
2.8kShares
सेयर बजारमा राताम्य हुँदा यी कम्पनीले दिए हरियो संकेत
muktinatha bikash bank

काठमाडौं । सेयर बजारमा पछिल्लो समय देखिएको गिरावट बिहीबार पनि रोकिएन। नेप्से परिसूचक दोहोरो अंकले घट्दै २५३१ विन्दुमा झरेको छ।

बिहीबार नेप्से परिसूचक १३.८५ अंकले घटेर २५३१.५५ विन्दुमा पुगेको हो। बजारमा बिक्री चाप बढ्दा अधिकांश कम्पनीको सेयर मूल्य घटेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3

आज कुल १ करोड ५ लाख ८३ हजार कित्ता सेयर किनबेच भएका छन्। उक्त कारोबारबाट ३ अर्ब ९९ करोड ८५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

कारोबार भएका कम्पनीमध्ये ६९ वटाको सेयर मूल्य बढेको छ भने २०१ कम्पनीको मूल्य घटेको छ। यस्तै ८ वटा कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन भएन।

everest bank

बिहीबारको बजारमा लिबर्टी इनर्जीको सेयर मूल्य सर्वाधिक १५ प्रतिशतले बढेको छ। दोल्ती पावरको ८.२२ प्रतिशत, अप्पर लोहोरे खोला हाइड्रोपावरको ७.०२ प्रतिशत, इमर्जिङ नेपालको ५.४६ प्रतिशत र शिव श्री हाइड्रोपावरको सेयर मूल्य ४.९२ प्रतिशतले वृद्धि भएको छ।

समग्रमा अधिकांश कम्पनीको सेयर मूल्यमा गिरावट आउँदा नेप्से परिसूचक दबाबमा परेको हो। पछिल्ला कारोबार दिनमा बजारमा देखिएको उतारचढावबीच लगानीकर्ताको सक्रियता भने कायम रहेको बिहीबारको कारोबारले देखाएको छ।

यो समाचार शेयर गर्नुहोस्
2.8kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?