National life

३५५ पालिकाले तिरेनन् सडकबत्ती महसुल, बक्यौता झण्डै १० अर्ब

२५ प्रतिशत जरिवाना जोड्दा कुल बक्यौता रकम नौ अर्ब ९३ करोड ५९ लाख ४३ हजार रुपैयाँ पुगेको छ

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ महिना अगाडि|२८ जेठ २०८३, बिहिबार
1.2kShares
३५५ पालिकाले तिरेनन् सडकबत्ती महसुल, बक्यौता झण्डै १० अर्ब
ncell

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले देशभरका स्थानीय तहबाट सडकबत्तीको बक्यौता महसुल उठाउने प्रक्रिया अघि बढाएको छ। नेपाल विद्युत् प्राधिकरणका अनुसार ३५५ स्थानीय तहले सडकबत्ती प्रयोग गरेबापतको रकम अझै तिरेका छैनन्।

प्राधिकरणको विवरणअनुसार सात अर्ब ९४ करोड ८७ लाख ५४ हजार रुपैयाँ मूल बक्यौता रहेको छ। त्यसमा २५ प्रतिशत जरिवाना जोड्दा कुल बक्यौता रकम नौ अर्ब ९३ करोड ५९ लाख ४३ हजार रुपैयाँ पुगेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ ले सडकबत्तीसहित विद्युत् महसुलको बक्यौता उठाउन मातहतका निकायलाई निर्देशन दिएका छन्। मन्त्रालयले स्थानीय तहलाई समयमै भुक्तानी गर्न आग्रह गरे पनि धेरै पालिकाले अझै रकम नतिरेको जनाएको छ।

बक्यौता सबैभन्दा धेरै काठमाडौं महानगरपालिका को रहेको छ। महानगरपालिकाले मात्रै करिब दुई अर्ब रुपैयाँ सडकबत्ती महसुल तिर्न बाँकी रहेको प्राधिकरणले जनाएको छ। केही पालिकाको बक्यौता रकम केही हजार रुपैयाँ मात्र भए पनि लामो समयदेखि भुक्तानी नभएको उल्लेख गरिएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?