नेपालको पुँजीबजारमा २०८३/८४ को बजेटमा भएका सकारात्मक सम्बोधन तथा प्रमुख नीतिगत व्यवस्था तथा सुधारका पहलहरू:
सूचीकृत धितोपत्रको पुँजीगत लाभकरलाई अन्तिम कर (Final Tax) को व्यवस्था।
एक वर्षभन्दा बढी होल्ड गरेका शेयरमा ३.७५% र एक वर्ष वा सोभन्दा कम अवधिका शेयरमा ५% पुँजीगत लाभकरको व्यवस्था।
गैरआवासीय नेपाली (NRN) लाई दोस्रो बजारमा लगानी गर्न सहज बनाउने नीति।
नेपाल स्टक एक्सचेन्ज (NEPSE) को संरचनात्मक तथा प्राविधिक पुनर्संरचनाको पहल।
इन्ट्राडे ट्रेडिङ (Intraday Trading) र सर्ट सेलिङ (Short Selling) सुरु गर्न कानुनी तथा नीतिगत तयारी।
ब्रोकरमार्फत मार्जिन ट्रेडिङ तथा मार्जिन कर्जाको विस्तार गर्ने पहल।
कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, सामाजिक सुरक्षा कोष, बीमा कम्पनी तथा म्युचुअल फन्डको पुँजीबजारमा लगानी विस्तार गर्ने नीति।
बैंक तथा वित्तीय संस्थाको दोस्रो बजारमा लगानीसम्बन्धी नियम पुनरावलोकन तथा न्यूनतम होल्डिङ अवधि ४५ दिन कायम गर्ने व्यवस्था।
बन्ड तथा ऋणपत्र बजारको विकास र नयाँ वित्तीय उपकरण विस्तार गर्ने नीति।
एक्सचेन्ज ट्रेडेड फन्ड (ETF) लगायतका नयाँ लगानी उपकरण विकास गर्ने योजना।
IPO निष्कासनका लागि क्षेत्रगत योग्यता, मूल्य निर्धारण र शेयर बाँडफाँटसम्बन्धी स्पष्ट मापदण्ड बनाउने पहल।
शेयर बजारको वास्तविक अवस्था झल्काउने नयाँ सूचकाङ्क (Benchmark Index) विकास गर्ने योजना।
ब्रोकर कम्पनीलाई आधुनिक, व्यावसायिक र प्रविधिमैत्री बनाउने नीतिगत पहल।
शेयर खरिद–बिक्री, सेयर बजारको प्रविधि र कारोबार प्रणालीलाई आधुनिक बनाउने योजना।
सरकारी ऋणपत्र तथा संस्थागत ऋणपत्रको दोस्रो बजार विस्तार गर्ने नीति।
कम्पनीको सञ्चित मुनाफाबाट आफ्नै शेयर खरिद (Share Buyback) तथा शेयर एकीकरण र विभाजनलाई व्यवस्थित गर्ने पहल।
धितोपत्रसम्बन्धी अपराध, कृत्रिम कारोबार र बजारमा हुने मूल्य हेरफेर नियन्त्रण गर्न नियामकीय निगरानी तथा अनुसन्धान सुदृढ बनाउने पहल।
धितोपत्रसम्बन्धी कानुन संशोधन गरी नियामक निकायको अधिकार तथा बजारको संस्थागत संरचना सुधार गर्ने तयारी।
माथिका यि व्यवस्था संगै पर्याप्त तरलता र घट्दो ब्याजदर यति हुँदाहुँदै पनि बजारले किन गति लिन सकेन?
स्मरण रहोस: यीमध्ये केही व्यवस्था लागू भइसकेका छन भने केही घोषणा, कानुनी संशोधन वा कार्यान्वयनको तयारीमा छन।


































