National life

ट्रेड युनियन विवाद : सर्वोच्चको संवैधानिक इजलासको महत्वपूर्ण निर्णय

सर्वोच्च अदालतबाट ट्रेड युनियन खारेजी निर्णय कार्यान्वयनको बाटो खुला

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ महिना अगाडि|२९ जेठ २०८३, शुक्रबार
4.8kShares
ट्रेड युनियन विवाद : सर्वोच्चको संवैधानिक इजलासको महत्वपूर्ण निर्णय
ncell

काठमाडौं । ट्रेड युनियन खारेज गर्ने सरकारी निर्णयविरुद्ध दायर गरिएको रिटमा सर्वोच्च अदालतले पहिले जारी गरिएको अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेको छ । यससँगै उक्त निर्णय कार्यान्वयन गर्ने बाटो सरकारका लागि खुलेको छ ।

प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा सहितको संवैधानिक इजलासमा भएको सुनुवाइ आज सम्पन्न भएपछि अदालतले अन्तरिम आदेशलाई कायम नराख्ने निर्णय गरेको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
इजलासमा न्यायाधीशहरू डा. नहकुल सुवेदी, विनोद शर्मा, अब्दुल अजीज मुसलमान र महेश शर्मा पौडेल सहभागी थिए ।

यसअघि जेठ २० गतेदेखि जारी सुनुवाइका क्रममा यस मुद्दामा विस्तृत बहस भएको थियो । त्यसअघि वैशाख २८ गतेको सुनुवाइमा तत्कालीन कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लको नेतृत्वमा रहेको इजलासले राय बाझी आदेश जारी गरेको थियो ।

उक्त इजलासका तीन न्यायाधीशहरूले सरकारको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएका थिए भने दुई न्यायाधीशहरूले अपूरणीय क्षति हुने अवस्था नदेखिएको भन्दै आदेश दिन असहमति जनाएका थिए ।

सर्वोच्चले दुवै पक्षलाई छलफलका लागि बोलाउनुका साथै महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ समेत मागेको थियो ।

नेपाल निजामती कर्मचारी संगठन केन्द्रीय समितिका अध्यक्ष भवानी दाहाललगायतले राष्ट्रपति कार्यालयलाई विपक्षी बनाउँदै ट्रेड युनियन खारेजीको निर्णय रोक्न माग गर्दै रिट दायर गरेका थिए ।

यो समाचार शेयर गर्नुहोस्
4.8kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

टिप्पणीहरू (१)

छुटाउनुभयो कि ?