National life

परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै

max lubricant tata
Aarthik voice
Aarthik voice
३ महिना अगाडि|२२ जेठ २०८३, शुक्रबार
848Shares
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
ncell

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल शुक्रबार दक्षिणी छिमेकी मुलुक भारतको औपचारिक भ्रमणमा जाँदै छन्।परराष्ट्र मन्त्रालयले बिहीबार एक वक्तव्य जारी गर्दै मन्त्री खनालको भारत भ्रमणबारे औपचारिक जानकारी गराएको हो ।

यसअघि जेठ २३ गते नै भारत जाने तयारी भए पनि केही प्राविधिक कारण भ्रमण तालिकामा सामान्य फेरबदल भएको मन्त्रालयले जनाएको छ ।

नयाँ कार्यतालिकाअनुसार उनी शुक्रबार दिल्लीतर्फ प्रस्थान गर्नेछन् । भ्रमणका क्रममा परराष्ट्रमन्त्री खनालले समकक्षी एस.

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
जयशंकरलगायत त्यहाँका उच्चपदस्थ अधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

हाल भारत भ्रमणमा रहेका रास्वपा सभापति रवि लामिछाने नेतृत्वको टोलीले उच्च महत्त्व पाएको छ । रविलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि भेटेका छन् ।

यस्तोमा रास्वपा नेतृत्वको सरकारका परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जान लागेका हुन् । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार खनालले प्रधानमन्त्री वालेन्द्र शाहको सम्भावित भारत भ्रमणबारे समकक्षीसँग संवाद गर्नेछन् ।

परराष्ट्रमन्त्री खनालले यो भ्रमणका क्रममा द्विपक्षीय हितका साथै नेपाल-भारत सीमा विवादसहितका मुद्दामा छलफल गर्न सक्ने बताइएको छ। उक्त छलफलपछि प्रधानमन्त्री शाहको सम्भावित भारत भ्रमणका एजेन्डा तय गरिने छ।

यो समाचार शेयर गर्नुहोस्
848SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?