काठमाडाैं । सरकारले तिहारअघि भारतबाट जिटुजी प्रक्रियामार्फत २५ हजार मेट्रिक टन चिनी ल्याउने भएको छ ।
साल्ट ट्रेडिङ र खाद्य व्यवस्था तथा व्यापार कम्पनी सँग चिनी मौज्दात सकिएपछि बजारमा चिनीको मूल्य अनियन्त्रित बनेको छ, भने कतिपय उपभोक्ताले चिनी पाएका छैनन् ।
आर्थिक भ्वाइससंग कुरा गर्दै बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका प्रवक्ता होमनाथ भट्टराईले ,भारत सरकारले जिटुजी मार्फत नेपाललाई चिनी दिने भएपछी सरकारी स्वामित्वको साल्ट ट्रेडिङ कर्पोरेशन र खाद्य व्यवस्था तथा व्यापार कम्पनीले भारतबाट २५ हजार मेट्रिक टन चिनी किन्ने भएको बताए ।
उद्योगबाट उपभोक्तालाई चिनी वितरण गर्न प्रहरी र प्रशासन परिचालन गरिएको विभागले जनाएको छ ।
विभागका अनुसार दर्ता नभएका गोदामबाट चिनी खोज्न र बरामद गर्न विभाग र नागरिक पोशाकमा प्रहरी परिचालन गरिएको छ।


































