National life

पेयपदार्थमा अखाद्य वस्तु भेटिएपछि दुई लाख जरिवाना

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१४ असोज २०८०, आइतबार
584Shares
पेयपदार्थमा अखाद्य वस्तु भेटिएपछि दुई लाख जरिवाना
ncell

काठमाडौं । पेयपदार्थमा अखाद्य वस्तु भेटिएपछि काठमाडौँ महानगरपालिकाले वडा ३२ स्थित पेप्सीकोलामा रहेको वरुण वेभरेजलाई रु दुई लाख जरिवाना गरेको छ ।

कामपाले आज गरेको बजार अनुगमनका क्रममा ढुसी परेको पेयपदार्थ (स्लाइस) फेला परेपछि उक्त उत्पादक कम्पनीलाई कारबाही स्वरुप रु दुई लाख जरिवाना गरिएको कामपा कृषि तथा पशुपन्छी विभागका प्रमुख डा अवधेश झाले जानकारी दिए।

प्रमुख झाका अनुसार अनुगमनको क्रममा दोषी ठहर र सञ्चालकसँग कुरा गर्दा स्पष्ट जवाफ नदिएपछि बजार व्यवस्थापन तथा अनुगमन ऐन, २०७७ को दफा ९ अनुसार कारबाही गरिएको हो । उक्त जरिनावा रकम आगामी एक साताभित्र बैंक खातामा जम्मा गर्न कामपाले आग्रह गरेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
तोकिएको समय सीमाभित्र जरिवाना रकम नबुझाए सोही ऐनको दफा ३० को उपदफा ३ बमोजिम थप कारबाही हुने कामपाले स्पष्ट पारेको छ ।

यो समाचार शेयर गर्नुहोस्
584SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?