National life

‘भाइ मसला’ किन्दै हुनुहुन्छ ? यस्तो छ बजार मूल्य

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|२२ कात्तिक २०८०, बुधबार
635Shares
‘भाइ मसला’ किन्दै हुनुहुन्छ ? यस्तो छ बजार मूल्य
ncell

काठमाडौं– यतिबेला काठमाडौका व्यापारिक क्षेत्रहरु व्यस्त देखिन्छन् । जहाँ तिहारका लागि सामान किन्न आउनेको लाम नै देखिन्छ। तिहार सुरु भएसँगै विभिन्न सामान किन्नेको ताँती देख्न सकिन्छ। त्यसो त काठमाडौँ उपत्यकामा मात्रै नभई देशभरका सबैजसो व्यापारिक केन्द्रहरुमा तिहारको रौनकता छाएको छ ।त्यो सँगै झिलिमिली बत्ती सँगै खाद्ययन्न र भाईमसला किन्नेहरुको लर्को नै लाग्ने गर्छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

काठमाडौं उपत्यकाका व्यापारिक केन्द्रमा एक साता अघिदेखि नै तिहारको किनमेलका लागि ग्राहकको भीड लागेको छ । न्यूरोड, असन, लगनखेल, लगायत अन्य  क्षेत्रहरुमा तिहार लक्षित सामग्री किन्नेको भीड बढेको छ।

‘किन्ने भन्दा हेर्न र मूल्य सोध्न आउनेको पनि भिड लागेको केही व्यापारीहरु बताउँछन् । सामान्यतया हुने खानेहरु सामान महँगो होस् या सस्तो कुनै प्रवाह नगरी खरिद गरेर फर्किन्छन्। मध्यम वर्गका ग्राहक भने बार्गेनिङ  गर्छन्, आफ्नो क्षमताले भ्याए किन्छन्, नत्र मूल्य सोधेर फर्किन्छन्।

भाइ मसलाका सामानहरुको मूल्यमा खासै फरक नभएको नेपाल खाद्य किराना तथा थोक व्यवसायी संघका अध्यक्ष तथा व्यवसायी देवेन्द्रभक्त श्रेष्ठले बताए । पहिलेको तुलनामा अहिले ड्राइ फुड्सको व्यापार बढेको उनको भनाई छ । नागरिकहरुले ओखर, काजु, बदाम जस्ता

को महत्त्व बुझेकाले पनि यसको व्यापारमा वृद्धि भएको हुन सक्ने उनको भनाई छ । ‘पहिले तिहारको बेला मात्रै ओखर किन्न आउँथे मानिसहरु, तिहारमा नकटेको ओखर अर्को वर्षको तिहार कुरेर बेच्नुपर्थ्यो, तर अहिले १२ महिना नै बिक्री हुन्छ ।’उनले भने ।

तिहार आउन महिना दिन बाँकी हुँदाबाट ड्राइफुड्सको मूल्यवृद्धि भएको नेपाल खाद्य किराना तथा खुद्रा व्यवसायी संघका अध्यक्ष पवित्र बज्राचार्यले बताए । ड्राइफुड्स कम आयात भएकाले बजारमा काजु सर्टेज भई सहज रुपमा नपाइने  उनको भनाई छ ।

बज्राचार्यले यस वर्ष सबै किसिमका ड्राइफुडको मूल्यमा करिब १० प्रतिशतले वृद्धि भएको बताए । तर छोकडाको मूल्यमा दुई सय प्रतिशतले वृद्धि भएको उनको भनाई छ । आर्थिक भ्वाइससंग कुरा गर्दैै उनले केही समय अघि १ सय ८०र१ सय९० प्रतिकेजी पर्ने छोकडाको मूल्य अहिले वृद्धि भएर ४ सय देखी ५०० पुगेको बताए ।

ओखरको मूल्यमा भने २० प्रतिशतले कमी आएको उनको भनाई छ । बजारमा डिमान्ड बढेका कारण थोरै मात्रामा मूल्यवृद्धि भएको उनले बताए । व्यापार बढीरहँदा पनि आर्थिक मन्दीका कारण सोचेजस्तो गरी व्यापार भने नभएको उनको भनाई छ ।

काठमाडौंको कालीमाटीमा अवस्थित एक स्टोरमा राखिएको मुल्यसुची 

यो समाचार शेयर गर्नुहोस्
635SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?