हिमालयन डिष्टिलरी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेख्य बढेको छ।
यस अवधिमा कम्पनीले ४० करोड ४९ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १४७.४२ प्रतिशत बढी हो।
यस अवधिमा कम्पनीको बिक्री आम्दानी ५९.६९ प्रतिशत बढेर ३ अर्ब ३ करोड २२ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, कम्पनीको कुल नाफा समीक्षा अवधिमा ६४.६८ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा १३१.९७ प्रतिशत बढेको छ। कम्पनीको वित्तीय खर्च भने ७.३६ प्रतिशत घटेको छ।
कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)१०.६५ रुपैयाँबाट बढेर २६.३५ रुपैयाँ कायम भएको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ पनि ११८ रुपैयाँ, मूल्य आम्दानी अनुपात ४३.८७ गुणा र तरलता अनुपात ५.०३ प्रतिशत कायम भएको छ ।
३ अर्ब ७ करोड ३४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा ५५ करोड ३३ लाख रुपैयाँ सञ्चित छ।


































