National life
cg eloctronics

अमेरिकाको कर वृद्धि नीति सबै देशमा लागू हुन्छ : डोनाल्ड ट्रम्प

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१८ चैत २०८१, सोमबार
964Shares
अमेरिकाको कर वृद्धि नीति सबै देशमा लागू हुन्छ : डोनाल्ड ट्रम्प
muktinatha bikash bank

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी दिनमा लागू गर्न लागेको कर वृद्धि अमेरिकासँग सबैभन्दा बढी व्यापार असन्तुलन भएका देशमात्र नभई ‘सबै देश’ समावेश हुने बताएका छन् ।

राष्ट्रपति ट्रम्पले व्यापार व्यवस्थालाई सम्बोधन गर्न पारस्परिक कर नीति सार्वजनिक गर्ने तयारी गरिरहेको र यो अप्रिल २ देखि लागू गरिनेछ । “कर वृद्धि सबै देशहरुबाट सुरु हुनेछ, त्यसैले हेरौं के हुन्छ,” ट्रम्पले एयर फोर्स वनमा पत्रकारहरुलाई भने ।

3 ad - 1
3 ad - 2
3 ad - 3

कर नीति कुन कुन देशमा लागू गरिनेछ भन्ने प्रश्नमा उनले भने, “मैले १० वा १५ वटा देशको बारेमा मात्रै भन्ने सञ्चारमाध्यममा हल्ला सुनेको छु । त्यसो होइन । मूलतः हामीले कुरा गरिरहेका सबै देशसहित सबै देशका बारेमा अमेरिकी अतिरिक्त कर नीति (कर समायोजन) लागू हुनेछ । कटौती होइन ।”

everest bank

ट्रम्पको आगामी कर नीतिले संयुक्त राज्य अमेरिकासँग निरन्तर व्यापार असन्तुलन भएका ‘डर्टी १५’ भनिने १५ प्रतिशत साझेदारहरुलाई लक्षित गर्ने अपेक्षा गरिएको थियो,” अमेरिकी अर्थमन्त्रीस्कट बेसेन्टले भने ।

लक्ष्यलाई फराकिलो बनाए पनि राष्ट्रपति ट्रम्पले आफ्नो कर संयुक्त राज्य अमेरिकाविरुद्ध लगाइने करभन्दा बढी ‘उदार’ हुने दावी गरेका छन् । ट्रम्पले स्टिल र आल्मुनियमको आयातमा कर लगाइसकेका छन् भने चीनबाट आयात हुने सामानमा थप कर लगाइसकेका छन् ।

आयातित सवारी साधन (कार) मा पनि अप्रिल ३ देखि अतिरिक्त कर लागू हुनेछ । ट्रम्पका प्रमुख व्यापार सहयोगी पिटर नाभारोले चार पाँग्रे सवारी साधनको आयातमा लगाइएको करले वार्षिक १०० अर्ब डलर उठाउन सक्ने दावी गरेका छन् ।

“यसबाहेक, अन्य करबाट वार्षिक लगभग छ खर्ब डलर उठ्नेछ र यो १० वर्षको अवधिमा करिब छ ट्रिलियन डलर हुनेछ,’ नाभारोले फक्स न्यू सन्डेसँग भने । पारस्परिक ट्यारिफको एक विस्तृत श्रृखला जारी गर्ने ट्रम्पको योजनाले विश्वव्यापी व्यापार युद्धको खतरा छ ।

कर नीतिबाट प्रभावित हुने देशहरुले पहिले नै प्रतिकार गर्ने प्रतिज्ञा गरेका छन् । अर्थशास्त्रीहरुले ट्रम्पको व्यापक कर वृद्धिको नीतिले मुद्रास्फीतिलाई बढावा दिने र मन्दीलाई बढाउने चेतावनी दिएका छन् ।

ट्रम्पले सरकारी राजस्व बढाउने र अमेरिकी उद्योगलाई पुनर्जीवित गर्ने तरिकाको रुपमा आफ्नो सरकारको कर नीतिको बचाउ गरेका छन् । एएफपी

यो समाचार शेयर गर्नुहोस्
964SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?