वासिङ्टन । अमेरिकाको पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई लेखक ई जीन क्यारोलले दायर गरेको मानहानि मुद्दामा ८.३३ करोड डलर क्षतिपूर्ति तिर्न अमेरिकी अदालतले आदेश गरेको छ। ट्रम्प राष्ट्रपति हुँदा क्यारोललाई बदनाम गरेको आरोप लगाइएको थियो।
न्यायाधीशहरुले यस मानहानि मुद्दामा फैसला सुनाउँदै क्यारोललाई भावनात्मक रूपमा चोट पुगेको र उनको प्रतिष्ठामा चोट पु¥याएकोमा ट्रम्पले १.८३ करोड डलर क्षतिपूर्ति तिर्नुपर्ने निर्णय गरेका हुन् ।
यसबाहेक ट्रम्पले ६.५० करोड डलर जरिवाना तिर्नुपर्नेछ ।
यो केस २०१९ मा क्यारोलको बारेमा ट्रम्पको टिप्पणीसँग सम्बन्धित थियो। उनले सामाजिक सञ्जालमा लगातार क्यारोललाई निशाना बनाएका थिए ।
































