National life

एक किलो ४ सय ग्राम कोकिन सहित दुईजना विदेशी पक्राउ

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|३० साउन २०८१, बुधबार
399Shares
एक किलो ४ सय ग्राम कोकिन सहित दुईजना विदेशी पक्राउ
ncell

काठमाडौँ। एक किलो ४ सय ग्राम कोकिनसहित दुईजना विदेशी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको लागु औषध नियन्त्रण ब्युरोको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

अवैध रूपमा कोकिन कारोबार गर्ने तान्जेनियाका नागरिक जुमा अब्दुल्ला मजी र भारतीय नागरिक के जुचोबेनी तासोपोईलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो । ब्युरोको टोलीले काठमाडौँ महानगरपालिका–१० नयाँ बानेश्वस्थित एक होटलमा बसेका तान्जेनियन नागरिक जुमाको झोलाभित्र लुकाएर राखेको ८० क्याप्सुल कोकिन बरामद गरेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

जुमाले उक्त कोकिन भारतीय नागरिकलाई बिक्री गर्ने क्रममा भारतीय नागरिकलाई समेत पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयका प्रवक्ता, प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले बताएका छन् । बरामद कोकिनको अवैध बजार मूल्य करिब तीन करोड ८७ लाख हुन आउने ब्युरोले जनाएको छ ।

पक्राउ परेका उनीहरूलाई जिल्ला अदालत काठमाडौँबाट लागु औषध मुद्दामा म्याद थप अनुमति लिई अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ ।

यो समाचार शेयर गर्नुहोस्
399SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?