काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) मा सट्टेबाजी खेलाएको आरोपमा थप तीन जना पक्राउ परेका छन् ।
कीर्तिपुर मैदानबाट केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले तीन जनालाई नियन्त्रणमा लिएको हो । यो सँगै सट्टेबाजी खेलाएको आरोपमा पक्राउ पर्नेको सङ्ख्या ७ पुगेको छ ।
यसअघि प्रहरीले चार जना भारतीय नागरिकलाई सट्टेबाजी खेलाएको आरोपमा पक्राउ गरेको थियो ।
प्रहरीले मंसिर १८ मा चार जना भारतीय नागरिकलाई सट्टेबाजी खेलाएको आरोपमा पक्राउ गरेको थियो।
सोमबार दुई र मंगलबार दुई गरी कीर्तिपुरबाट सीआईबीले चार जनालाई पक्राउ गरेको हो । पक्राउ परेका चारै जना भारतीय नागरिक रहेको सीआईबीका प्रवक्ता होविन्द्र बोगटीले जनाएका छन् ।

































