National life

गौशालामा एक व्यक्तिमाथि चक्कु प्रहार, घटनास्थलबाट पेस्तोल बरामद

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|१५ असोज २०८०, सोमबार
1KShares
गौशालामा एक व्यक्तिमाथि चक्कु प्रहार, घटनास्थलबाट पेस्तोल बरामद
ncell

काठमाडौं । काठमाडौंको गौशालामा एक व्यक्तिमाथि चक्कु प्रहार भएको छ । गौशालाको पिके डायग्नोस्टिक सेन्टरका सञ्चालक साजन हुसेनका भाइ सविरमाथि चक्कु प्रहार भएको हो ।

प्रहरी वृत्त गौशालाका डिएसपी केशव थेबेले उनीमाथि चक्कु प्रहार भएको जानकारी आएपछि प्रहरी टोली घटनास्थलमा पुगेको बताए । साथै घटनास्थलबाट एक थान पेस्तोल कटुवा पेस्तोल र गोली पनि बरामद भएको उनले बताए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

उनका अनुसार चक्कु प्रहार गर्ने व्यक्ति फरार रहेका र उनको खोजी भइरहेको छ ।

घटनाको विस्तृत विवरण आउन बाँकी छ । घाइते सविर हुसेनलाई सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा भर्ना गरिएको छ ।

यो समाचार शेयर गर्नुहोस्
1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?