National life

‘सात प्रतिशत आर्थिक वृद्धिको लक्ष्यलाई सहयोग पुग्नेगरी मौद्रिक नीति’

सरकारले लिएको सात प्रतिशत आर्थिक वृद्धिको लक्ष्यलाई सहयोग पुग्ने गरी मौद्रिक नीति ल्याइएको

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ महिना अगाडि|२३ असार २०८३, मङ्गलबार
1.4kShares
‘सात प्रतिशत आर्थिक वृद्धिको लक्ष्यलाई सहयोग पुग्नेगरी मौद्रिक नीति’
ncell

काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. सत्येन्द्र तिमिल्सिनाले आगामी आर्थिक वर्ष २०८३/८४ मा मुल्यवृद्धि ५.५ प्रतिशतभित्र रहने अनुमान गरिएको बताएका छन् । 

मंगलबार आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीति सार्वजनिक कार्यक्रममा बोल्दै उनले सरकारले घोषणा गरेको आर्थिक सुधार कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन भई सरकारी खर्च बढे बजारमा माग सिर्जना हुनसक्ने र त्यसले केही मूल्यवृद्धिको दबाब ल्याउनसक्ने बताए।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

उनले भने, ‘नेपाल सरकारको आर्थिक वृद्धिको लक्ष्यअनुसार खर्च हुनसक्यो र सरकारले घोषणा गरेको आर्थिक सुधारको प्याकेज प्रभावकारी रूपमा कार्यान्वयन भयो भने समग्र बजारमा माग सिर्जना हुन सक्छ । त्यसले केही हदसम्म मूल्यमा दबाब पर्न सक्छ । यद्यपि, विश्वव्यापी संकट क्रमशः कम हुँदै गएको र त्यसको प्रभाव पनि विस्तारै घट्दै जाने भएकाले आगामी आर्थिक वर्षमा मुद्रास्फीति ५.५ प्रतिशतभित्र रहने हाम्रो अनुमान छ।’

तिमिल्सिनाले सरकारले लिएको सात प्रतिशत आर्थिक वृद्धिको लक्ष्यलाई सहयोग पुग्ने गरी मौद्रिक नीति ल्याइएको पनि बताए।

उनका अनुसार चालु आर्थिक वर्षमा विप्रेषण आप्रवाह उच्च रहेपनि आन्तरिक बजारमा अपेक्षित माग सिर्जना हुन नसक्दा कर्जाको माग पनि उल्लेख्य रूपमा बढ्न सकेको छैन। त्यसका कारण बैंकिङ प्रणालीमा अधिक तरलता कायम रहेको उनले बताए।

उनले भने, ‘नेपाल सरकारले लिएको ७ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्यलाई समर्थन गर्ने गरी मौद्रिक नीति ल्याएका छौँ। यस वर्ष विप्रेषण आप्रवाह उच्च रह्यो तर आन्तरिक बजारमा अपेक्षित माग नदेखिएकाले कर्जाको माग पनि बढ्न सकेन। त्यसैले बैंकिङ प्रणालीमा अधिक तरलताको अवस्था रहेको छ। आगामी दिनमा पनि यो अवस्था केही समय रहने देखिन्छ। अर्थतन्त्रले गति लिएर कर्जाको माग बढ्न थालेपछि यो अतिरिक्त तरलता क्रमशः कम हुँदै जानेछ।’

यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?