काठमाडौं । सरकारले एनसेलको शेयर खरिद–बिक्रीसम्बन्धी अध्ययन तथा छानबिन प्रतिवेदन सार्वजनिक गरेको छ। नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयअनुसार ‘एनसेलको शेयर खरिद–बिक्री सम्बन्धी अध्ययन तथा छानबिन प्रतिवेदन, २०८०’ सार्वजनिक गरिएको हो।
सरकारले सुशासन, पारदर्शिता तथा नागरिकको सूचनामा पहुँच सुनिश्चित गर्ने उद्देश्यले प्रतिवेदन सार्वजनिक गरेको जनाएको छ।
उक्त प्रतिवेदन सूचना तथा सञ्चार मन्त्रालयको वेबसाइटमार्फत सार्वजनिक गरिएको हो।
सरकारको निर्णयअनुसार सम्बन्धित विषयमा गरिएको अध्ययन तथा छानबिनबाट प्राप्त विवरण नागरिकको जानकारीका लागि सार्वजनिक गरिएको मन्त्रालयले जनाएको छ।
प्रतिवेदन सार्वजनिक भएसँगै एनसेलको शेयर खरिद–बिक्री प्रक्रियासँग सम्बन्धित अध्ययन, छानबिन तथा त्यसबाट प्राप्त निष्कर्षबारे सर्वसाधारणले समेत जानकारी लिन सक्ने भएका छन्।


































