काठमाडौं । बिहीबार सेयर बजारमा सामान्य गिरावट आएको छ। आज नेप्से परिसूचक १.०४ अंकले घटेर २ हजार ५ सय ५७.३१ विन्दुमा कायम भएको छ।
बजारमा आज १ करोड ६ लाख २६ हजार कित्ता सेयर खरिद–बिक्री हुँदा कुल कारोबार रकम ३ अर्ब ७८ करोड ६४ लाख रुपैयाँ पुगेको छ।
कारोबार भएका कम्पनीमध्ये १४६ वटाको सेयर मूल्य बढेको छ भने ११८ वटा कम्पनीको मूल्य घटेको छ। त्यस्तै, १५ वटा कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन भएन।
आज सर्वोत्तम पेन्ट्सको सेयर मूल्य सर्वाधिक १५ प्रतिशतले बढेको छ। घोराही सिमेन्टको ८.१९ प्रतिशत, सोनापुर मिनरल्सको ५.०५ प्रतिशत, भगवती हाइड्रोपावरको ४.७२ प्रतिशत र पाल्पा सिमेन्टको सेयर मूल्य ४.५३ प्रतिशतले वृद्धि भएको छ।


































