National life

सेयर बजारमा दोहोरो अंकको उछाल, यी कम्पनीको बढ्यो सेयर मूल्य

बजारमा कुल ७२ लाख ५८ हजार कित्ता सेयर २ अर्ब ९३ करोड ६५ लाख रुपैयाँ बराबरमा खरिद–बिक्री

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
१७ दिन अगाडि|१७ भदौ २०८३, बुधबार
3.3kShares
सेयर बजारमा दोहोरो अंकको उछाल, यी कम्पनीको बढ्यो सेयर मूल्य
ncell

काठमाडौं । साताको कारोबारको मध्यदिन सेयर बजारमा उत्साह देखिएको छ । बुधबार नेप्से परिसूचक दोहोरो अंकले बढ्दै २ हजार ५३८.११ विन्दुमा पुगेको छ ।

आज नेप्से परिसूचक १५.४४ अंकले बढेको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
बजारमा कुल ७२ लाख ५८ हजार कित्ता सेयर २ अर्ब ९३ करोड ६५ लाख रुपैयाँ बराबरमा खरिद–बिक्री भएका छन् ।

कारोबार भएका कम्पनीमध्ये १८७ वटाको सेयर मूल्य बढेको छ भने ८१ कम्पनीको सेयर मूल्य घटेको छ । यस्तै, १० कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

आज माथिल्लो मैलुङ खोला जलविद्युतको सेयर मूल्य सर्वाधिक १०.२३ प्रतिशतले बढेको छ । उपकार लघुवित्तको ८.८६ प्रतिशत, रसुवागढी हाइड्रोपावरको ५.९९ प्रतिशत, माया खोला हाइड्रोपावरको ५.९३ प्रतिशत तथा एनआईबीएल ग्रोथ फण्डको ४.२४ प्रतिशतले सेयर मूल्य बढेको छ ।

समग्र बजारमा अधिकांश कम्पनीको सेयर मूल्य बढेसँगै नेप्से परिसूचकमा समेत उल्लेख्य सुधार देखिएको हो ।

यो समाचार शेयर गर्नुहोस्
3.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?