National life

सेयर बजारमा यी कम्पनीको दबदबा, भयो सर्वाधिक कारोबार

यी कम्पनीको सेयरमा ओइरिए लगानीकर्ता, भयो उच्च कारोबार

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२४ दिन अगाडि|१० भदौ २०८३, बुधबार
4.4kShares
सेयर बजारमा यी कम्पनीको दबदबा, भयो सर्वाधिक कारोबार
ncell

काठमाडौं । सेयर बजारमा लगातार देखिएको गिरावटले बुधबार पनि निरन्तरता पाएको छ। बुधबार नेप्से परिसूचक ३५.९२ अंकले घटेर २ हजार ५५८.३५ विन्दुमा सीमित भएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

बजारमा आज १ करोड ३५ लाख ८२ हजार कित्ता सेयर खरिदबिक्री भएका छन्। दिनभरको कारोबार रकम ४ अर्ब ७७ करोड ३८ लाख रुपैयाँ पुगेको छ।

कारोबार भएका कम्पनीमध्ये अधिकांशको सेयर मूल्य घटेको छ। २३ वटा कम्पनीको सेयर मूल्य बढ्दा २५२ कम्पनीको मूल्य घटेको छ भने ३ वटा कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।

बुधबार सर्वोत्तम पेन्ट्सको सेयर मूल्य सर्वाधिक १५ प्रतिशतले बढेको छ। अप्पर हेवा खोला हाइड्रोपावरको १०.४३ प्रतिशत, एभरेष्ट बैंक डिबेन्चरको ६.०८ प्रतिशत, नबिल डिबेन्चरको ५.६२ प्रतिशत र मेगा म्युचुअल फन्डको सेयर मूल्य ४.२५ प्रतिशतले वृद्धि भएको छ।

त्यसैगरि, चिलिमे हाइड्रोपावरको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज २० करोड ५६ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

सानिमा मिडल तमोर हाइड्रोपावरको १९ करोड ३२ लाख, शाहस उर्जाको १६ करोड १३ लाख, सोलु हाइड्रोपावरको १५ करोड ८३ लाख, रिडी पावरको १२ करोड २ लाख रुपैयाँमाथिको कारोबार भएको छ । 

समग्र बजारमा बिक्री चाप बढ्दा नेप्से परिसूचकमा उल्लेख्य गिरावट आएको हो। कारोबार रकम भने ४ अर्ब ७७ करोड रुपैयाँभन्दा माथि कायम भएको छ।

यो समाचार शेयर गर्नुहोस्
4.4kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?