काठमाडौं । सेयर बजार निरन्तर घटिरहेका बेला अर्थमन्त्री डा. स्वर्णिम वाग्ले लगानीकर्ताको आन्दोलन र नियामकमाथिको दबाबप्रति कडा रूपमा प्रस्तुत भएका छन्। बजारलाई स्वाभाविक रूपमा चल्न दिनुपर्नेमा सूचक घट्नेबित्तिकै घेराउ, तालाबन्दी र अराजक गतिविधि गर्नु स्वीकार्य नहुने उनले स्पष्ट सन्देश दिएका छन्।
अर्थ मन्त्रालयमा नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा.
गोपालप्रसाद भट्टसँगको छलफलमा अर्थमन्त्रीले बजार सुधारका लागि तयार गरिएको ‘रेस्क्यू प्लान’ तत्काल सार्वजनिक गरी कार्यान्वयनमा लैजान निर्देशन दिएका छन्। साथै, बजार घट्दा आन्दोलनमा उत्रिने प्रवृत्ति नियन्त्रण गर्नुपर्नेमा जोड दिएका छन्।
यद्यपि, आन्दोलनरत लगानीकर्तामाथि तत्काल बल प्रयोग नगर्न सुझाउँदै उनले संयमित रूपमा अघि बढ्न पनि निर्देशन दिएका छन्। लगानी सुरक्षा सुनिश्चित गर्दै बजार अनुशासन कायम गर्नुपर्नेमा जोड दिँदै अर्थमन्त्रीले अराजक गतिविधि भने सहन नहुने स्पष्ट पारेका छन्।


































