National life

एलआईसी नेपालको नयाँ बोनसदर सार्वजनिक, अधिकतम ६६ रुपैयाँसम्म बोनस दर

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|११ फागुन २०८०, शुक्रबार
696Shares
एलआईसी नेपालको नयाँ बोनसदर सार्वजनिक, अधिकतम ६६ रुपैयाँसम्म बोनस दर
ncell

काठमाडौं। लाइफ इन्स्योरेन्स कर्पोरेशन(नेपाल) लिमिटेड(एलआईसी) ले आर्थिक वर्ष २०७९/८० का लागि बीमितलाई प्रदान गरिने बोनस दर सार्वजनिक गरेको छ। कम्पनीले मुनाफामा सरिक हुनेगरी यो अवधिका लागि प्रति हजार प्रति वर्षमा न्युनतम ४० रुपैयाँदेखि अधिकतम ६६ रुपैयाँसम्म बोनस दर कायम गरेको छ।

जीवन आनन्द बीमा योजना अन्तर्गत कम्पनीले ५ देखि ९ वर्ष अवधिका लागि ५० रुपैयाँ, १० देखि १४ वर्षका लागि ५२ रुपैयाँ, १५ देखि १९ वर्षका लागि ५५ रुपैयाँ, २० देखि २४ वर्षका लागि ५७ रुपैयाँ र २५ देखि माथि अवधिका लागि ६० रुपैयाँ बोनस दर निर्धारण गरिएको छ ।

त्यस्तै बाल सावधिक बीमालेख अन्तर्गत १५ देखि १९ वर्ष अवधिका लागि ५१ रुपैयाँ, २० देखि २४ वर्ष अवधिका लागि ५५, २५ देखि २९ वर्षका लागि ६३ र ३० देखि माथि अवधिका लागि ६४ रुपैयाँ निर्धारण गरिएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

कम्पनीले धन वृष्टि जीवन बीमालेख अन्तर्गत १० वर्षका लागि ५५ रुपैयाँ र १५ वर्षका लागि ५७ रुपैयाँ बोनस दर कायम गरेको छ।

कम्पनीले धनफिर्ता जीवन बीमालेख अन्तर्गत १५ वर्ष बीमा अवधिका लागि ५६ रुपैयाँ, २० वर्षका लागि ५७ रुपैयाँ र २५ वर्षका लागि ६० रुपैयाँ बोनसदर प्रदान गर्ने भएको छ।

सावधिक,जीवन विद्या, जीवन साथी र जीवन श्री बीमालेख अन्तर्गत ५ देखि ९ वर्ष अवधिका लागि ५१ रुपैयाँ, १० देखि १४ वर्षका लागि ५२ रुपैयाँ, १५ देखि १९ वर्षका लागि ५३ रुपैयाँ, २० देखि २४ वर्षका लागि ५५ र २५ देखि माथि अवधिका लागि ६१ रुपैयाँ बोनस दर प्रदान गर्ने भएको छ।

बाल ममता जीवन बीमालेख अन्तर्गत १५ वर्ष बीमा अवधिका लागि ५५ रुपैयाँ, १६ देखि २० वर्षका लागि ५७ रुपैयाँ र २१ देखि माथि वर्षका लागि ६० रुपैयाँ बोनस दर निर्धारण गरेको छ।

यस्तै कम्पनीले जीवन तरंग बीमालेख अन्तर्गत १० वर्ष बीमा अवधिका लागि ४० रुपैयाँ, १५ वर्षेका लागि ५१ रुपैयाँ र २० वर्षे अवधिका लागि ४५ रुपैयाँ बोनसदर निर्धारण गरेको छ।

कम्पनीले न्यू जीसवन तरंग बीमालेख अन्तर्गत १० वर्ष बीमा अवधिका लागि ५० रुपैयाँ, १५ वर्षेका लागि ५१ रुपैयाँ र २० वर्षे अवधिका लागि ५५ रुपैयाँ बोनसदर निर्धारण गरेको छ।

कम्पनीले जीवन बचत बीमा योजना अन्तर्गत ५ देखि ९ वर्ष अवधिका लागि ४५ रुपैयाँ, १० देखि १४ वर्ष अवधिको लागि ४८ रुपैयाँ, १५ देखि १९ वर्षका लागि ५३ रुपैयाँ, २० देखि २४ वर्षका लागि ५७ र २५ देखि माथि वर्षका लागि ६६ रुपैयाँ बोनस दर निर्धारण गरिएको छ ।

यसैगरी जीवन लाभ बीमालेख अन्तर्गत १० वर्ष अवधिका लागि ५१ रुपैयाँ,१५ वर्षका लागि ५२ रुपैयाँ,२० वर्षका लागि ५३ रुपैयाँ र २५ वर्षका लागि ५५ रुपैयाँ बोनस दर निर्धारण गरिएको छ ।

कम्पनीले लघु सावधिक बीमालेख अन्तर्गत सबै अवधिका लागि ४१ रुपैयाँ बोनस तोकेको छ ।

यो समाचार शेयर गर्नुहोस्
696SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?