National life

आज कुशे औँसी, यस्तो छ धार्मिक महत्त्व

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१७ भदौ २०८१, सोमबार
431Shares
आज कुशे औँसी, यस्तो छ धार्मिक महत्त्व
ncell

काठमाडौँ । आज भदौ १७ गते कुशे औँसी अर्थात् बुबाको मुख हेर्ने दिन । आजको दिन आफ्ना बुबालाई मिठो खाना र राम्रा कपडा दिएर सम्मान गर्ने प्रचलन रहिरहेको छ । भाद्र कृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याएर मनाउँदै छन्।

यस दिन बुवाको मुख हेर्ने, अर्थात् बुवा दिवसको रूपमा मनाई बुवालाई विशेष सम्मान गर्ने र आमाबाबु नहुनेले तीर्थमा खास गरी गोकर्ण र विष्णु पादुकामा श्राद्ध, तर्पण, दान, पुण्य गरी पितृ तार्ने र आफू पुण्यात्मा बन्ने विश्वास गरिन्छ ।

Royal Enfield
nic asia capital

पितृ दिवस भाद्रकृष्ण अमावस्याको दिन हो । अमावस्याको रातका अधिपति पितृ हुन् । मानिसहरूले आफ्ना आमा बाबुहरूको सम्झना खास गरी जीवनको अन्धकारमय रातमै गर्ने हुँदा अमावस्याका दिनमै ती दुवै दिवसहरू मान्ने गरिआएको हो ।

शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पुर्‍याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ। सनातन धर्मावलम्बीले कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान् विष्णुको प्रतीक मान्दछन्।

यस दिवसमा जीवित माता पिताहरूलाई छोराछोरीहरूले विभिन्न प्रकारका मिष्टान्न तथा अरू अनेकौँ लगा आदिहरू ल्याई चढाउने चलन छ । यसबाहेक दिवङ्गत भएका आमा बाबुहरूको सम्झनामा तीर्थ गोकर्णमा गई नुहाई धुआई गर्नुको साथै श्रद्धाञ्जली स्वरूप तर्पण दिने कार्य गर्दछन् । सम्बन्धित तीर्थमा जान नसक्नेहरू आ–आफ्ना पुरोहित वा कर्मनिष्ठ ब्राह्मणकहाँ गई सीधा दान दिनेसमेत चलन पुरानो हो ।

“आजको दिन गोर्कंणमा भीड लाग्ने गर्छ । यो परम्परा प्राचीन कालदेखि नै चलिआएको मानिन्छ,” उहाँ भन्नुहुन्छ, “हाम्रो समाजमा बिहे गरेर गएका छोरी चेलीबेटीका लागि पनि बुबालाई माया र सत्कार देखाउने दिन हो । यस दिन भनेको पिताप्रतिको सम्मान देखाउने दिन ।”

जस्तै ठूलालाई आदर सम्मान र सानोलाई माया र स्नेह दिने संस्कृति छ । त्यही अनुरूप बुबा जसले आफ्लाई धर्तीमा ल्याउनुभयो उहाँका लागि हरेक दिन खास छ । तर पनि आजको विशेष दिन भनेर छुट्टाइएको छ ।

यो समाचार शेयर गर्नुहोस्
431SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?