National life

एनआईसी एशिया लघुवित्तको साधारण सभा आह्वान, विशेष प्रस्तावहरु पेश गरिने

max lubricant tata
Aarthik voice
Aarthik voice
४ महिना अगाडि|०६ जेठ २०८३, बुधबार
748Shares
एनआईसी एशिया लघुवित्तको साधारण सभा आह्वान, विशेष प्रस्तावहरु पेश गरिने
ncell

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो वार्षिक साधारण सभा आह्वान गरेको छ। संस्थाको सञ्चालक समितिको जेठ ५ गते बसेको बैठकले आगामी जेठ ३० गते सभा गर्ने निर्णय गरेको हो। सभा सुनसरीको धरान उपमहानगरपालिकास्थित गोर्खा होटलमा बिहान ११ बजेदेखि सुरु हुनेछ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सभामा संस्थाको प्रबन्धपत्र र नियमावली संशोधनसम्बन्धी विशेष प्रस्ताव पेश गरिनेछ। साथै, नियामक निकायबाट आवश्यक निर्देशन प्राप्त भएमा सोही अनुसार संशोधन गर्न सञ्चालक समितिलाई अधिकार दिने प्रस्ताव पनि रहनेछ।

यसका अतिरिक्त, अन्य लघुवित्त संस्थासँग गाभ्ने वा प्राप्ति प्रक्रियामा जाने विषयमा उपयुक्त संस्था पहिचान गरी आवश्यक निर्णय लिन सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि छलफलमा रहनेछ।

सभाले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित वित्तीय विवरणहरू (वासलात, नाफा–नोक्सान तथा नगद प्रवाह विवरण) पारित गर्नेछ। साथै, आगामी आर्थिक वर्ष २०८२/८३ का लागि बाह्य लेखापरीक्षक नियुक्त गर्ने र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि समावेश गरिएको छ।

संस्थाको सञ्चालक समितिमा संस्थापक समूहबाट ४ जना र सर्वसाधारण समूहबाट २ जना गरी कुल ६ जना सदस्यको निर्वाचन पनि यसै सभाबाट हुनेछ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले जेठ १९ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। त्यसैले जेठ १८ गतेसम्म सेयर कारोबार गरेका र नाम कायम भएका लगानीकर्ताहरू मात्र सभामा सहभागी हुन पाउनेछन्।








यो समाचार शेयर गर्नुहोस्
748SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?