National life
cg eloctronics

एनआरएनए एनटी अष्ट्रेलियाको उपसंयोजकमा निरोज देवकोटाको उम्मेदवारी घोषणा

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२९ असार २०८२, आइतबार
705Shares
एनआरएनए एनटी अष्ट्रेलियाको उपसंयोजकमा निरोज देवकोटाको उम्मेदवारी घोषणा
ncell

काठमाडौ । युवा अभियन्ता निरोज देवकोटा गोर्खालीले गैरआवासीय नेपाली संघ (एनआरएनए) एनटी स्टेट कोअर्डिनेशन काउन्सिल अस्टे्रलिया (SCC) को उपसंयोजक पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। २०२५/२०२७ कार्यकालका लागि ‘टिम त्रिलोचन’ बाट उम्मेदवारी घाेषणा गरेका हुन्।

आफ्नो उम्मेदवारी घोषणा गर्दै देवकोटाले समर्पण, सेवाभाव र युवाशक्तिको सशक्तिकरणलाई आफ्नो मुख्य एजेन्डाको रूपमा अघि सारेका छन्। विगतमा एनआरएनए एनटीमा रहेर काम गरेको अनुभवलाई आधार बनाउँदै उनले समुदायको सेवामा अझ सशक्त भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरेका छन्। देवकोटाले २०२१–२०२३ कार्यकालमा युवा सदस्य र २०२३–२०२५ मा युवा संयोजकको रूपमा सफलतापूर्वक जिम्मेवारी सम्हालिसकेका छन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

विगतका भूमिकाहरूले मलाई हाम्रो समुदायका बदलिंदो आवश्यकता बुझ्न र अझ सशक्त रूपमा प्रतिनिधित्व गर्न प्रेरणा दिएको छ,´ उनले भने।

देवकोटाले आफू आवद्ध ‘टिम त्रिलोचन’ कुनै पनि नेपाली राजनीतिक दलको प्रभावबाट पूर्ण रूपमा स्वतन्त्र रहेको र यसको एकमात्र लक्ष्य समुदायको निःस्वार्थ सेवा गर्नु रहेको स्पष्ट पारे । उनले सेवा, एकता, पारदर्शिता र समावेशितालाई आफ्नो टिमको मूल मन्त्र बनाएको बताए ।

देवकोटाका मुख्य प्रतिबद्धताहरू:

यदि निर्वाचित भएमा, देवकोटाले निम्न विषयमा केन्द्रित रहेर काम गर्ने प्रतिबद्धता जनाएका छन्।

१) समुदायकेन्द्रित कार्यक्रम र समावेशी पहलहरूलाई नेतृत्व टोलीसँग मिलेर कार्यान्वयन गर्ने।

२) युवा, विद्यार्थी, परिवार र पेशागत वर्गलगायत सबैको आवाजलाई समान रूपमा प्रतिनिधित्व गर्ने।

३) स्थानीय तथा राष्ट्रिय सञ्जालहरूसँगको सहकार्यमार्फत एनटीमा रहेका नेपालीहरूका लागि सहयोग र अवसर जुटाउने।

४) आर्थिक जवाफदेहिता, पारदर्शिता र सहकार्यपूर्ण नेतृत्वको अभ्यासलाई हरेक कार्यमा सुनिश्चित गर्ने।

आगामी जुलाई २६, २०२५ मा हुने निर्वाचनका लागि देवकोटाले उत्तरी क्षेत्रमा रहेका सम्पूर्ण नेपाली समुदायसँग आफ्नो अनुभव र प्रतिबद्धताका लागि मत दिन अपिल गरेका छन्। सबै मिलेर हाम्रो समुदायलाई अझ एकीकृत, सक्षम र समृद्ध बनाउन समेत सबैमा अपिल गरे।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
705SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?