काठमाडौं । आगामी आर्थिक वर्षका लागि सरकारले पारिश्रमिक सुविधामा मात्र करिब दुई खर्ब ३७ अर्ब रुपैयाँ विनियोजन गरेको छ । बजेट वक्तव्यको खर्च शीर्षकगत व्यय अनुमान (भुक्तानी विधिका आधारमा) अनुसार आगामी आवमा पारिश्रमिक र सुविधातर्फ दुई खर्ब ३६ अर्ब ९३ करोड ५७ लाख विनियोजन गरिएको छ ।
यसमा कर्मचारी र पदाधिकारीको पारिश्रमिक, पोसाक, खाद्यान्न, औषधोपचार खर्च, स्थानीय भत्ता, महँगी भत्ता, फिल्ड भत्ता, कर्मचारीको बैठक भत्ता, कर्मचारी प्रोत्साहन तथा पुरस्कार, वैदेशिक भत्ता, अन्य भत्ता, पदाधिकारी बैठक भत्ता, पदाधिकारीको अन्य सुविधा र पदाधिकारीको अन्य भत्ता समावेश छन् ।
चालू आवमा सरकारले विनियोजन गरेको पारिश्रमिक सुविधा शीर्षकको अंक एक खर्ब ७६ अर्ब ८७ करोड ६३ लाख रुपैयाँ छ ।


































