National life

खातामा प्यान र ईमेल ठेगाना अद्यावधिक गर्न एनआईसी एशिया बैंकको अनुरोध

max lubricant tata
Aarthik voice
Aarthik voice
४ महिना अगाडि|१६ वैशाख २०८३, बुधबार
719Shares
खातामा प्यान र ईमेल ठेगाना अद्यावधिक गर्न एनआईसी एशिया बैंकको अनुरोध
ncell

काठमाडौं। एन आई सी एशिया बैंकले आफ्ना ग्राहकहरूलाई आफ्नो खातामा स्थायी लेखा नम्बर (PAN) र ईमेल ठेगाना (Email Address) अद्यावधिक गर्न अनुरोध गरेको छ।

बैंकका अनुसार ग्राहकहरूको खाताबाट गरिएको करकट्टीको विवरण “आयकर ऐन २०५८” बमोजिम नेपाल सरकार, अर्थ मन्त्रालय, आन्तरिक राजश्व विभागद्वारा जारी गरिएको स्थायी लेखा नम्बर प्रणालीमा आवद्ध गर्नुपर्ने भएकाले प्यान अद्यावधिक आवश्यक भएको हो।

ग्राहकहरूले बैंकको पोर्टल panupdate.nicasiabank.com वा मोबाइल बैंकिङ्ग एप (NIC ASIA MoBank) मा रहेको “PAN Update” विकल्पमा ट्याप गरी आफ्नो प्यान यथाशीघ्र अद्यावधिक गर्न सक्नेछन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
साथै, आफूलाई पायक पर्ने बैंकको जुनसुकै शाखा कार्यालयबाट समेत प्यान अद्यावधिकका लागि आवेदन दिन सकिने व्यवस्था गरिएको बैंकले जनाएको छ।

बैंकले निक्षेपकर्ताको ब्याज भुक्तानी वापत काटिएको करलाई E-TDS रेकर्डमा जनाउन प्यान अत्यावश्यक रहेको स्पष्ट पारेको छ। प्यान अद्यावधिक भएपछि सम्बन्धित ग्राहकको करकट्टी विवरण (E-TDS) सोही प्यानमा प्रविष्ट गरिने र आयकर प्रणालीले स्वचालित रूपमा अनुसूची १० मा करकट्टी विवरण मिलान गर्ने बैंकले जनाएको छ। यसबाट ग्राहकहरूलाई करकट्टी प्रमाणपत्र तथा कर चुक्ता प्रमाणपत्र प्राप्त गर्न सहज हुनुका साथै प्रमाणपत्र लिन बैंकसम्म धाउनुपर्ने अवस्थाको अन्त्य हुने विश्वास बैंकले व्यक्त गरेको छ।

बैंकले प्यान अद्यावधिक नगराएको कारणले E-TDS मा ब्याजकर दाखिला नभएको अवस्थामा तथा त्यस उप्रान्त ब्याज करमा थप समायोजन गर्नुपरेमा बैंक जिम्मेवार नहुने जानकारी पनि गराएको छ।

त्यसैगरी, बैंकले ग्राहकहरूलाई आफ्नो खातामा ईमेल ठेगाना समेत अद्यावधिक गर्न आग्रह गरेको छ। ग्राहकहरूले बैंकको भिडियो केवाईसी https://www.nicasiabank.com/video-kyc/ मार्फत वा मोबाइल बैंकिङ्ग एप (NIC ASIA MoBank) को “My Profile” मा गई “Change Email” विकल्प छनौट गरी ईमेल ठेगाना अद्यावधिक गर्न सक्नेछन्। साथै, नजिकैको शाखा कार्यालयबाट पनि ईमेल अद्यावधिकका लागि आवेदन दिन सकिने व्यवस्था रहेको छ।

यसअघि बैंकलाई प्यान उपलब्ध गराइसक्दा पनि करकट्टी विवरण समावेश नभएको वा ईमेल ठेगाना अद्यावधिक नभएको खण्डमा नजिकैको शाखा कार्यालय वा ग्राहक सम्पर्क केन्द्रका फोन नम्बर १६६०–०१–७७७७१ र ०१–५९७०१०१ मा सम्पर्क गर्न बैंकले अनुरोध गरेको छ।

यो समाचार शेयर गर्नुहोस्
719SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?