काठमाडौँ । डिशहोमले आफ्नो भर्चुअल प्रिभिलेज कार्ड सेवा अन्तर्गत “द बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेन” सँग साझेदारी गर्ने घोषणा गरेको छ। सम्झौतापछि डिशहोमका सक्रिय ग्राहकले देशभर रहेका १५८ शाखामा फूड एण्ड बेभरेजमा १० प्रतिशत छुट पाउनेछन्।
यो सुविधा माइ डिशहोम एपमार्फत सक्रिय गरिएको भर्चुअल प्रिभिलेज कार्ड प्रयोग गरी प्राप्त गर्न सकिनेछ । कम्पनीका अनुसार ग्राहकले एप डाउनलोड गरी लग–इन गरेपछि कार्ड देखाएर छुट लिन सक्ने छन् ।
डिशहोमका प्रमुख कार्यकारी अधिकृत तारा मानन्धरका अनुसार यो साझेदारी ग्राहकको सेवा अनुभव विस्तार गर्ने उद्देश्यले गरिएको हो । डिशहोमले भविष्यमा अन्य ब्रान्डहरूसँग पनि यस्ता किसिमका सहकार्य गर्ने योजना बनाएको उनले बताए ।
“द बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेन” नेपालभरमा फैलिएको फास्ट–फूड ब्रान्ड हो जसले बर्गर, फ्राइड चिकेन लगायतका परिकार सेवा दिँदै आएको छ ।
डिशहोमको भर्चुअल प्रिभिलेज कार्डमार्फत डाइनिङ, यात्रा, आतिथ्य तथा लाइफस्टाइल क्षेत्रमा विभिन्न छुट प्रदान गर्ने लक्ष्य कम्पनीले लिएको छ।






































