National life

पृथ्वी राजमार्गअन्तर्गत चाउथेमा पर्ने सडकखण्ड भासियो,सवारी साधन प्रभावित

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१२ असार २०८१, बुधबार
674Shares
पृथ्वी राजमार्गअन्तर्गत चाउथेमा पर्ने सडकखण्ड भासियो,सवारी साधन प्रभावित
ncell

काठमाडौं। पृथ्वी राजमार्गअन्तर्गत पोखरा महानगरपालिका-१४ चाउथेमा पर्ने सडकखण्ड भासिएको छ ।

अविरल वर्षाका कारण बुधवार बिहान करिब साढे छ बजेको समयमा सडक भासिएको हो । सडक भासिएपछि उक्त राजमार्ग भएर हिँड्ने सवारी साधनसमेत प्रभावित भएका छन्। जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार अहिले सडक एकतर्फी खुला गरिएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सडकको दायाँ भाग अन्दाजी ५ मिटर लम्बाई, र १.५ मिटर चौडाइ सडक घट्टे कुलोको पानीले काटेर भत्काएको प्रहरीले जनाएको छ । उक्त स्थानदेखि करिब १० मिटर अगाडिको सडक खण्डमा दायाँतर्फको करिब ७ मिटर लम्बाइ र करिब १ मिटर चौडाइ भासिएको हो ।

 

यो समाचार शेयर गर्नुहोस्
674SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?