National life

बागमतीमा एमालेका ४ मन्त्रीले लिए शपथ , कुन मन्त्रालयको जिम्मेवारी कसलाई ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२० चैत २०८०, मङ्गलबार
1.5kShares
बागमतीमा एमालेका ४ मन्त्रीले लिए शपथ , कुन मन्त्रालयको जिम्मेवारी कसलाई ?
ncell

काठमाडौँ । बागमती प्रदेशमा नेकपा एमालेबाट नियुक्त भएका चार मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

प्रदेश प्रमुख यादवचन्द्र शर्माले एमालेबाट मन्त्री बनेका काठमाडौँका केशव पोखरेल र प्रकाश श्रेष्ठ, ललितपुरका रामेश्वर श्रेष्ठ, मकवानपुरका एकालाल श्रेष्ठलाई पद तथा गोपनीयताको शपथ गराएका हुन।

प्रकाश श्रेष्ठले उद्योग, वाणिज्य, भूमि तथा प्रशासन, पोखरेलले वन तथा वातावरण, एकालाल श्रेष्ठले खानेपानी, ऊर्जा तथा सिँचाइ र रामेश्वर श्रेष्ठले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाएका छन्। रामेश्वर यसअघि पनि स्वास्थ्य मन्त्रालय थिए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
पोखरेल कृषि तथा पशुपन्छी विकास मन्त्री र एकालाल श्रम, रोजगार तथा यातायात मन्त्री थिए । एमाले दुई महिना सरकारमा बसेर १० चैत ०७९ मा बाहिरिएको थियो।

एमालेबाट संसदीय दलका नेता जगन्नाथ थपलिया यसअघि नै आर्थिक मामिला तथा योजना मन्त्री बनिसकेका छन् । चार जना मन्त्रीमध्ये केशव र प्रकाश दोस्रो पटक प्रदेशसभा सदस्य निर्वाचित भएका हुन् भने रामेश्वर र एकालाल पहिलो पटक प्रदेशसभामा पुगेका हुन् । नेकपा (एकीकृत समाजवादी) बाट मङ्गलवार बिहान रमा आले मगरको भने मन्त्रालय तोकिएको छैन । एकीकृत समाजवादीले कांग्रेसले छाडेकामध्ये एउटा आफूहरूले पाउनुपर्ने माग गरेको थियो ।

मन्त्रिपरिषदमा यसअघि नै एकीकृत समाजवादीबाट श्रम, रोजगार तथा यातायात मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्री छन् । भागबण्डामा विवाद उत्पन्न भएपछि मुख्यमन्त्री कार्यालयमा मङ्गलवार दिउँसो मुख्यमन्त्री जम्कट्टेल, एमाले नेता थपलिया, एकीकृत समाजवादीका नेता कृष्णप्रसाद शर्मा खनालबिच छलफल भएको थियो । छलफलमा सहमति जुटेपछि चार मन्त्रीले शपथ लिएका हुन् ।

यो समाचार शेयर गर्नुहोस्
1.5kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?