National life

बागमती होटलमा मृत भेटिएकी युवतीको घटनामा संलग्न फरार युवक पनि मृत फेला

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२० पुस २०८१, शनिबार
489Shares
बागमती होटलमा मृत भेटिएकी युवतीको घटनामा संलग्न फरार युवक पनि मृत फेला
ncell

काठमाडौँ । काठमाडौँको पिंगलास्थानस्थित बागमती होटलमा मृत भेटिएकी युवतीको घटनामा संलग्न फरार युवक पनि आज मृत फेला परेका छन् ।

गत बुधवार गौशाला नजिकै रहेको बागमती होटेलमा कागेश्वरी मनोहरा नगरपालिका घर भएकी सुस्मिता खड्का मृत अवस्थामा भेटिएकी थिइन् । उक्त होटलको ३०८ नम्बरको कोठामा २१ वर्षीय खड्का मृत भेटिएकी हुन् ।

दिउँसो लामो समयसम्म ढोका नखुलेपछि कोठाको ढोका खोलेर हेर्दा उनको शव भेटिएको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

उक्त घटनाको प्रारम्भिक अनुसन्धान पछि ओखलढुंगाका देवबहादुर थापा पनि उनीसँगै उही होटलमा बसेको तथ्य बाहिरिएको थियो ।

त्यसपछि फरार रहेका थापा शनिवार मृत फेला परेका छन् । उनी ओखलढुंगा सुनकोशी गाउँपालिका–३ सिस्नेरीमा झुन्डिएको मृत अवस्थामा फेला परेको ओखलढुंगा डिएसपी कृष्ण खड्काले जानकारी दिए ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
489SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?