National life

भ्रष्टाचारीलाई तह लगाउन मेयर बालेन शाहले गरे उजुरी आह्वान

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|०२ जेठ २०८०, मङ्गलबार
1.1kShares
भ्रष्टाचारीलाई तह लगाउन मेयर बालेन शाहले गरे उजुरी आह्वान
ncell

काठमाडौं। काठमाडौं महानगरपालिका मेयर बालेन शाहले भ्रष्टाचारीलाई तह लगाउन उजुरी आह्वान गरेका छन् । महानगरभित्रका कुनै पनि कर्मचारीले घूस मागेमा प्रमाणसहित आफूकहाँ आउन समेत आह्वान गरेका हुन् ।

मेयर शाहले त्यसका लागि आफ्नो सम्पर्क नम्बर सार्वजनिक गरेका छन् । उजुरीकर्ताले ह्वाट्सएपमार्फत ९८६३५९२०११ नम्बरमा प्रमाण सहित उजुरी दिन सक्ने उनले बताएका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
साथै उंले उजुरी पठाउनेको नाम गोप्य राखिने स्पष्ट समेत पारेका छन् ।

‘हामी भ्रष्टाचार भएको हेर्न सक्दैनौँ, हाम्रो अधिकार क्षेत्र काठमाडौँ महानगर पालिका कार्यालयमा कुनै नि कर्मचारीले कुनै पनि प्रकारमा पैसा मागेमा प्रमाणसहित हामीलाई सम्पर्क गर्नु होला भिडियो अडियोसहित’, शाहले सोमबार सामाजिक सञ्जालमार्फत भनेका छन् ।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?