काठमाडौँ । काठमाडौँ महानगरका मेयर बालेन शाहको राजीनामा माग गर्दै कवाड व्यवसायीले आन्दोलन गरेका छन् ।
उच्च अदालत पाटनले कवाडी व्यवसायीलाई नहटाउनु भन्ने आदेश दिँदा पनि काठमाडौँ महानगरले आफूहरूको कवाड संकलन गरेर राख्ने स्थानमा डोजर चलाएको भन्दै उनीहरूले आन्दोलन गरेका छन् ।
केही समयदेखि काठमाडौँ महानगरको निर्णयविरुद्ध कवाडी संकलकले विरोध प्रदर्शन गर्दै आएका छन् । उनीहरूले नेवा राजाहरूको आतंक बन्द गर, कवाडी व्यवसायीको रक्षा गर जस्ता नाराहरू सहित राजधानीको विभिन्न स्थानमा सडक आन्दोलन गर्दै आएका छन् ।


































