काठमाडौँ। नव निर्वाचित काठमाडौँ–१६ की नवनिर्वाचित वडाध्यक्ष रोजिना श्रेष्ठलाई मेयर बालेन शाहले शपथ ग्रहण गराएका छन् ।
मंगलबार काठमाडौँ महानगरपालिकाको कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच श्रेष्ठले शपथ ग्रहण गरेका हुन् । रोजिना राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निर्वाचित भएकी हुन् ।
काठमाडौँ–१६ बाट निर्वाचित नेपाली कांग्रेसका वडाध्यक्ष मुकुन्द रिजालको निधनपछि उक्त वडामा आइतबार उपनिर्वाचन भएको थियो ।


































