National life
cg eloctronics

सेरेसको प्लान्टमा क्याटलले सुरु गर्‍यो "फ्याक्ट्री-इन-फ्याक्ट्री" मोडेलमा ब्याट्री उत्पादन

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२९ असार २०८२, आइतबार
492Shares
सेरेसको प्लान्टमा क्याटलले सुरु गर्‍यो "फ्याक्ट्री-इन-फ्याक्ट्री" मोडेलमा ब्याट्री उत्पादन
ncell

काठमाडौं । चिनियाँ ब्याट्री निर्माता क्याटलले चोंगकिंगस्थित सेरेस सुपर फ्याक्ट्रीभित्र “फ्याक्ट्री-इन-फ्याक्ट्री” (फिफ) मोडेलमा ब्याट्री उत्पादन सुरु गरेको छ। कम्पनीले गत जुन ३० मा CTP2.0 (सेल-टु-प्याक) प्रविधियुक्त दुईवटा ब्याट्री प्याक उत्पादन लाइन सञ्चालनमा ल्याएको घोषणा गरेको हो ।

चोंगकिंगमा क्याटलको यो पहिलो उत्पादन केन्द्र हो । नयाँ फिफ मोडेलले मुख्य कम्पोनेन्ट आपूर्तिकर्ताहरूलाई सिधै गाडी निर्माण स्थलसँग जोड्ने व्यवस्था मिलाउनेछ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

CATL का अध्यक्ष तथा प्रमुख कार्यकारी रोबिन जेङका अनुसार सुरु भएको उत्पादन लाइन कम्पनीको अहिलेसम्मकै सबैभन्दा डिजिटल, स्मार्ट र अत्याधुनिक प्रणालीमा आधारित छ।

सेरेस र CATL बीचको सहकार्य सन् २०२२ को अगस्टमा भएको सम्झौताबाट सुरु भएको हो । सम्झौताअनुसार आइटो (Aito) ब्रान्डका गाडीहरूमा आगामी पाँच वर्षसम्म क्याटलको पावर ब्याट्री मात्र प्रयोग गरिनेछ। नयाँ मोडेलहरूमा कम्पनीको किलिन (Qilin) ब्याट्री समावेश गरिने बताइएको छ।

आइटो सेरेस र हुवावेको संयुक्त परियोजना हो। औपचारिक रूपमा संयुक्त लगानी भने नभए पनि सन् २०२४ को जुलाईमा सेरेसले आइटो ब्रान्डका ट्रेडमार्क र प्याटेन्टहरू २५ लाख युआन (झण्डै ३४.४ मिलियन अमेरिकी डलर) मा हुवावेसँग खरिद गरेको थियो । हुवावे अझै पनि आइटो सवारीहरूका लागि प्रमुख पार्टपुर्जा तथा सफ्टवेयर आपूर्तिकर्ताका रूपमा संलग्न छ र आफ्नै HIMA बिक्री सञ्जालमार्फत वितरण गर्छ।

आइटो ब्रान्डले आफूलाई नयाँ पुस्ताको लक्जरी सवारीका रूपमा पहिचान बनाउने प्रयास गर्दै आएको छ। कम्पनीका अनुसार, हालसम्म ७ लाखभन्दा बढी आइटो गाडी बिक्री भइसकेका छन् । चोंगकिंगस्थित सेरेस सुपर फ्याक्ट्री नै यस ब्रान्डको मुख्य उत्पादन केन्द्र हो ।

पावर ब्याट्री बजारमा क्याटलले अझै पनि ठूलो हिस्सा ओगटिरहेको छ। चीनको अटोमोटिभ पावर ब्याट्री इन्डस्ट्री इनोभेसन अलायन्सका अनुसार सन् २०२५ को जनवरीदेखि मे महिनासम्म चीनमा कुल २४१.४ गीगावाट आवर (GWh) पावर ब्याट्री जडान भएको थियो । जुन अघिल्लो वर्षको तुलनामा ५०.४ प्रतिशतले बढी हो । यस अवधिमा क्याटलको योगदान १०३.२० GWh थियो  जसले ४२.९ प्रतिशत बजार हिस्सा ओगटेको देखिन्छ। यद्यपि अघिल्लो वर्षको तुलनामा यो हिस्सा ३.८३ प्रतिशत अंकले घटेको हो।

nic asia capital

कम्पनीको रणनीतिक साझेदारी सौर्य ऊर्जातर्फ पनि विस्तार भएको छ। सन् २०२५ को अप्रिलमा सेरेस सुपर फ्याक्ट्रीमा ५० मेगावाट आवर क्षमताको सौर्य परियोजनाको पहिलो चरण पूरा गरी राष्ट्रिय ग्रिडमा जडान गरिएको थियो । यसले उत्पादन प्रक्रियाका लागि आवश्यक हरित ऊर्जाको आपूर्ति गर्ने बताइएको छ।

यो समाचार शेयर गर्नुहोस्
492SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?