National life
cg eloctronics

स्वास्थ्य तथा शैक्षिक क्षेत्रको उत्कृष्ट करदाताको रुपमा नोबेल मेडिकल कलेज सम्मानित

max lubricant tata
Aarthik voice
Aarthik voice
११ महिना अगाडि|०१ मंसिर २०८२, सोमबार
1.4kShares
स्वास्थ्य तथा शैक्षिक क्षेत्रको उत्कृष्ट करदाताको रुपमा नोबेल मेडिकल कलेज सम्मानित
ncell

काठमाडौं। राष्ट्रिय कर दिवस- २०८२ को अवसरमा आन्तरिक राजस्व विभागले उत्कृष्ट कर योगदान गर्ने संस्थाहरूलाई सम्मान गर्ने क्रममा स्वास्थ्य तथा शैक्षिक क्षेत्रको उत्कृष्ट करदाताका रूपमा नेता डा.सुनिल शर्माको विराटनगर स्थीत नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल लिमिटेड सम्मानित भएको छ।

आर्थिक वर्ष २०८०/०८१ मा स्वास्थ्य तथा शैक्षिक क्षेत्रमा सवै भन्दा बढी कर तिरेर राज्यको राजस्व प्रणालीलाई मजबुत बनाउन योगदान दिएको भन्दै नोबेललाई सम्मान प्रदान गरिएको हो। स्वास्थ्य तथा शिक्षा क्षेत्रमा लामो समयदेखि कार्यगर्दै आएको नोबेल यस वर्ष पनि उत्कृष्ट करदाताको सूचीमा अग्रस्थानमा रहेको विभागले जनाएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

विभागले अन्य श्रेणीका उत्कृष्ट करदाताहरूलाई पनि सार्वजनिक गरेको छ। संस्थागत करदातामध्ये सबैभन्दा बढी आयकर तिर्नेमा नेपाल दूरसञ्चार प्राधिकरण पहिलो स्थानमा रह्यो भने व्यक्तिगत करदातातर्फ राजबहादुर शाह उत्कृष्ट ठहरिए।

एकलौटी फर्म श्रेणीमा थर्ड आइ इन्टरनेशनल, वस्तु निर्माणमा डाबर नेपाल, सूचना प्रविधि सेवा निर्यातमा ओरिक्स नेपाल प्रालि, कृषि तथा पशुपन्छीजन्य उद्योगमा पोषक ब्रिडर फार्म प्रालि, बैंक तथा वित्तीय सेवामा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, पर्यटनतर्फ सोल्टी होटल लिमिटेड, र वस्तु व्यापारमा भाटभटेनी सुपर मार्केट एण्ड डिपार्टमेण्टल स्टोर प्रालि उत्कृष्ट करदाता घोषित भए।

नोबेल मेडिकल कलेजको निरन्तर कर योगदानलाई यस वर्ष पनि सरकारी निकायले उच्च प्रशंसा गरेको छ, जसले निजी स्वास्थ्य क्षेत्रले राष्ट्रको कर संरचनामा कति महत्वपूर्ण भूमिका खेलिरहेको छ भन्ने पुष्टि गरेको छ।

यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?