काठमाडौं । नेपाली सिमेन्ट बजारमा क्रियाशील शिवम् सिमेन्टले आफ्नो ‘Quality को मामलामा No Compromise’ क्याम्पेनअन्तर्गत दोस्रो भिडियो सार्वजनिक गरेको छ। यसपटकको भिडियोले घरबेटी र भाडावालबीचको सम्झौतालाई कथाको रूपमा प्रस्तुत गर्दै सतर्कता र विवेकपूर्ण निर्णयको सन्देश दिन खोजिएको छ।
कम्पनीले जनाएको अनुसार, भिडियोलाई सामाजिक चेतना अभिवृद्धिको उद्देश्यले निर्माण गरिएको हो, जसले विश्वास पात्रहरूसँग हुने सम्भावित छलकपट र त्यसबाट बच्न आवश्यक सावधानीबारे दर्शकलाई सचेत गराउने प्रयास गरेको छ।
यसअघि क्याम्पेनको पहिलो चरणमा एक ट्राफिक प्रहरीको जीवनमार्फत ‘कर्तव्यको मामलामा No Compromise’ भन्ने सन्देश सहितको भिडियो सार्वजनिक गरिएको थियो। कम्पनीका अनुसार उक्त भिडियोले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाएको थियो।
शिवम् सिमेन्टले यस अभियानलाई केवल व्यापारिक विज्ञापनको रूपमा नभइ सामाजिक जिम्मेवारीको हिस्साका रूपमा अघि बढाएको दाबी गरेको छ। कम्पनीले गुणस्तरमा सम्झौता नगर्ने नीति लिएको जनाएको छ।
शिवम् सिमेन्टले स्थापना कालदेखि ओपीसी (OPC) सिमेन्ट मात्र उत्पादन गर्दै आएको छ। कम्पनीले विभिन्न नारामार्फत ‘गुणस्तरको पहिचान हो शिवम्’, ‘भरोसा अटुट सम्बन्धको’, ‘कर्तव्यको मामलामा No Compromise’ आफ्नो संस्थागत दृष्टिकोण सार्वजनिक गर्दै आएको छ।
साथै, कम्पनीले नेपाल सरकारबाट प्राप्त गरेको एक राष्ट्रिय गुणस्तर पुरस्कारसमेत उल्लेख गरेको छ। तथापि, विज्ञापनका यस्ता सामग्रीहरू उपभोक्ताको विश्वास निर्माण गर्न कति प्रभावकारी छन् भन्ने विषयमा छुट्टै मूल्यांकन आवश्यक देखिन्छ।





































