National life

सुधन गुरुङको कडा अभिव्यक्ति– फेरि गृहमन्त्री भए फोटो खिच्न रोक लगाउने चेतावनी

पुनः गृहमन्त्रीको जिम्मेवारी सम्हाल्ने संकेत गरेका छन्

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ महिना अगाडि|२४ जेठ २०८३, आइतबार
1.7kShares
सुधन गुरुङको कडा अभिव्यक्ति– फेरि गृहमन्त्री भए फोटो खिच्न रोक लगाउने चेतावनी
ncell

काठमाडौँ । पूर्वगृहमन्त्री सुधन गुरुङले आफ्नो सम्पत्तिसम्बन्धी विषयमा गठित छानबिन समितिको प्रतिवेदनबाट आफू निर्दोष ठहरिनेमा विश्वास व्यक्त गरेका छन्।

आइतबार गृहजिल्ला गोरखा पुगेका गुरुङले सम्पत्ति सम्बन्धी प्रश्न उठेपछि छानबिन प्रक्रियामा सहज बनाउन आफूले गृहमन्त्री पदबाट राजीनामा दिएको बताएका छन्। उनले छानबिन प्रक्रिया पूरा भइसकेको उल्लेख गर्दै सफाइ पाउनेमा आशावादी रहेको बताए।

गुरुङले आफू निर्दोष साबित भए पुनः गृहमन्त्रीको जिम्मेवारी सम्हाल्ने संकेत पनि गरेका छन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
सो क्रममा उनले पार्टी पंक्तिलाई सम्बोधन गर्दै पुनः पदमा फर्किएपछि पहिलो दुई महिनासम्म बधाई तथा भेटघाटका लागि मन्त्रालय नआउन आग्रह गरेका छन्।

यसअघि मन्त्रिपरिषद्को निर्णयअनुसार पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारीको नेतृत्वमा गठन गरिएको छानबिन समितिले आफ्नो प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुझाइसकेको छ।

समितिले व्यवसायी दीपक भट्टसँग सम्बन्धित लिबर्टी माइक्रो इन्स्योरेन्स र स्टार माइक्रो इन्स्योरेन्सको सेयर खरिद प्रकरणलाई केन्द्रमा राखेर अनुसन्धान गरेको बताइएको छ। सो क्रममा करिब ५० लाख रुपैयाँ बराबरको सेयर खरिद गरिएको तथ्य फेला परेको जनाइएको छ।

राजीनामापछि अनुसन्धान सहज भएको बताउँदै गुरुङ हाल राष्ट्रिय स्वतन्त्र पार्टीको गोरखा जिल्ला अधिवेशनमा सहभागी हुन गृहजिल्ला पुगेका हुन्।

यो समाचार शेयर गर्नुहोस्
1.7kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?