National life

एकद्वार प्रणालीबाट काम गर्ने गृहमन्त्री सुधनको पहिलो निर्णय

max lubricant tata
Aarthik voice
Aarthik voice
५ महिना अगाडि|१३ चैत २०८२, शुक्रबार
1.2kShares
एकद्वार प्रणालीबाट काम गर्ने गृहमन्त्री सुधनको पहिलो निर्णय
ncell

काठमाडौं। नवनियुक्त गृहमन्त्री सुधन गुरुङले आफ्नो पदको जिम्मेवारी सम्हालेका छन्। राष्ट्रपति कार्यालयमा सम्पन्न शपथ ग्रहण कार्यक्रमपछि उनी सिंहदरबार पुगेर औपचारिक रूपमा पदभार ग्रहण गरेका हुन्।

पद सम्हाल्दै उनले आफ्नो कार्यकालको पहिलो निर्णय पनि सार्वजनिक गरे। उनका अनुसार अब मन्त्रालयका कामहरू एकद्वार प्रणालीमार्फत सञ्चालन गरिनेछ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

कार्यक्रममा बोल्दै गुरुङले भीआईपी संस्कृति देखाउँदै सर्वसाधारणलाई दुःख दिने प्रवृत्ति अन्त्य हुनुपर्नेमा जोड दिए। आफू धेरै बोल्नेभन्दा काम गर्ने व्यक्ति भएको उल्लेख गर्दै उनले प्रत्यक्ष कार्यसम्पादनमार्फत परिणाम देखाउने बताए।

उनले थपे, “हामी जेनजीको अपेक्षा र मागका आधारमा यहाँ आएका हौँ, त्यसैले सुशासनविरुद्ध कुनै पनि गतिविधि सह्य हुँदैन।”

सेवा प्रवाहलाई प्रभावकारी बनाउँदै जनताबाट गुनासो नआउने वातावरण सिर्जना गर्न उनले कर्मचारीहरूलाई विशेष ध्यान दिन पनि आग्रह गरेका छन्।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?