National life
cg eloctronics

कर्मचारीको पारिश्रमिक सुविधामा दुई खर्ब ३७ अर्ब विनियोजन

चालू आवमा सरकारले विनियोजन गरेको पारिश्रमिक सुविधा शीर्षकको अंक एक खर्ब ७६ अर्ब ८७ करोड ६३ लाख रुपैयाँ छ

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
५ महिना अगाडि|१९ जेठ २०८३, मङ्गलबार
1.4kShares
कर्मचारीको पारिश्रमिक सुविधामा दुई खर्ब ३७ अर्ब विनियोजन
muktinatha bikash bank

काठमाडौं । आगामी आर्थिक वर्षका लागि सरकारले पारिश्रमिक सुविधामा मात्र करिब दुई खर्ब ३७ अर्ब रुपैयाँ विनियोजन गरेको छ । बजेट वक्तव्यको खर्च शीर्षकगत व्यय अनुमान (भुक्तानी विधिका आधारमा) अनुसार आगामी आवमा पारिश्रमिक र सुविधातर्फ दुई खर्ब ३६ अर्ब ९३ करोड ५७ लाख विनियोजन गरिएको छ ।

यसमा कर्मचारी र पदाधिकारीको पारिश्रमिक, पोसाक, खाद्यान्न, औषधोपचार खर्च, स्थानीय भत्ता, महँगी भत्ता, फिल्ड भत्ता, कर्मचारीको बैठक भत्ता, कर्मचारी प्रोत्साहन तथा पुरस्कार, वैदेशिक भत्ता, अन्य भत्ता, पदाधिकारी बैठक भत्ता, पदाधिकारीको अन्य सुविधा र पदाधिकारीको अन्य भत्ता समावेश छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3

चालू आवमा सरकारले विनियोजन गरेको पारिश्रमिक सुविधा शीर्षकको अंक एक खर्ब ७६ अर्ब ८७ करोड ६३ लाख रुपैयाँ छ । चालू आवमा सरकारले विनियोजन गरेभन्दा ६० अर्ब पाँच करोड ९४ लाख रुपैयाँ आगामी आवका लागि विनियोजन भएको छ । आव ०८१/८२ मा सोही शीर्षकमा विनियोजन अंक एक खर्ब ६० अर्ब ३१ करोड ५८ लाख थियो ।

everest bank
यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?