National life

सहकारी ठगी प्रकरणमा संसदीय समिति बनाउने सहमति

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०५ जेठ २०८१, शनिबार
641Shares
सहकारी ठगी प्रकरणमा संसदीय समिति बनाउने सहमति
ncell

काठमाडौँ । सत्तारुढ गठबन्धन र कांग्रेसबिच संसदीय छानबिन समिति गठन गर्ने सहमति भएको छ । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धन र कांग्रेसका नेताहरुबिचको बैठकमा सो सहमति भएको हो ।

कांग्रेस प्रमुख सचेतक रमेश लेखकले सत्तापक्ष र प्रतिपक्षबीचको आजको बैठक उपलब्धिमूलक र सकारात्मक रहेको बताए । उनले भने, ‘समिति बनाएर जानुपर्छ भन्ने कुरा हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
त्यसमा सबै सहमत भएकै अवस्था छ । समितिको कार्यादेश के हुने भन्ने कुरामा पनि काम गर्ने कुरा भएको छ । समिति गठन गरेर जाने भन्ने कुरामा सबै राजनीति दलहरुका बीचमा समान धारणा बनेको छ ।’

संसदीय छानविन समिति बनाएर जानुपर्छ भन्नेमा सबैको सहमति भएको उनले बताए । भोलि विहानदेखि नै टिओआरका बारेमा काम सुरु हुने उनको भनाइ छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका उपप्रधान एवं गृहमन्त्री लामिछाने सहकारी ठगी प्रकरणमा संलग्न रहेको भन्दै प्रमुख प्रतिपक्ष दल कांग्रेसले लामो समयदेखि संसद् अवरोध गर्दै आएको छ । आज भएको सहमतिसँगै भोलिदेखि संसद्को गतिरोध अन्त्य हुने भएको छ ।

 

यो समाचार शेयर गर्नुहोस्
641SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?