National life

सहकारी अपचलनमा संसदीय छानबिन समिति बनाउनुपर्ने हाम्रो अडान कायम छ: काँग्रेस

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२६ वैशाख २०८१, बुधबार
752Shares
सहकारी अपचलनमा संसदीय छानबिन समिति बनाउनुपर्ने हाम्रो अडान कायम छ: काँग्रेस
ncell

काठमाडौँ। सहकारीको रकम अपचलनका विषयमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति बनाउने मागबाट नेपाली काँग्रेस पछि नहट्ने निर्णय गरेको छ।

आज पार्टी सभापति शेरबहादुर देउवाले बोलाएको शीर्ष तहका नेताको बैठकले संसदीय छानबिन समिति बनाउने पूर्व अडान कायम राख्ने निर्णय गरेको पार्टी उपसभापति समेत रहेका नेता धनराज गुरुङले जानकारी दिएका छन् ।

बैठक पश्चात् सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै नेता गुरुङले सहकारीको विषय २-४ जनाको नभएर लाखौँ जनता ठगिएको प्रकरण सामान्य नभएको भन्दै संसदीय छानबिन समिति गठन गर्नुपर्छ भन्नेमा आफूहरूको अडान यथावत्  रहेको जानकारी दिएका छन् ।

बुधवार बसेको कांग्रेसको पदाधिकारी र पूर्व पदाधिकारी बैठकमा गण्डकीको सरकार निर्माणमा भइरहेका गतिविधि माथि पनि छलफल भएको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत नपाउँदा पनि असंवैधानिक तरिकाले पाएको घोषणा गरिएको कांग्रेसको भनाइ छ ।

सरकारले २८ वैशाखदेखि संसद्को बजेट अधिवेशन बोलाएको छ । अघिल्लो संसद् बैठकमा पनि कांग्रेसले गृहमन्त्री रवि लामिछाने माथि संसदीय छानबिन समिति गठन हुनुपर्ने माग गर्दै आएको थियो । कांग्रेसले संसदीय समिति माग गरिरहँदा ३ वैशाखमा सरकारले संसद् बैठक अन्त्य गरेको थियो ।

यो समाचार शेयर गर्नुहोस्
752SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?