काठमाडौँ । निर्देशनका क्रममा प्रधानमन्त्री ओलीले भने, ‘हामी डिस्टिनेशन तोकेर हिँडेका छौँ । नेपाली जनतालाई जैविक र मानवीय आवश्यकताको यथोचित न्यायोचित परिपूर्ति गराउनेमा सरकारको फोकस हुन्छ ।’
सरकार ढल्छ कि भनेर नसोच्न आग्रह गर्दै प्रधानमन्त्री ओलीले सुशासन र विकासका लागि नै सरकार बनेको बताए । ‘मेरो नेतृत्वको सरकार २ वर्ष चल्ने हो ।
२ वर्ष पुग्नुभन्दा एक साता अघि नै मैले राजीनामा गरिसकेको हुन्छु । गर्छ कि गर्दैन भन्ने कुनै दुबिधा हुँदैन’, प्रधानमन्त्रीले भने, ‘त्यसपछि शेरबहादुर देउवाजीको नेतृत्वमा चुनावसम्म जाने हो । यसमा ढुक्क भए हुन्छ सरकार कुनै प्रकारको दाउपेच छिर्के लगाएर र मन्त्री बन्न होइन ठुला पार्टीले बुझेर बनाएको हो । ढल्ने त के ढलपल पनि हुँदैन ।’ उनले स्थिर र स्थायित्व भएको सरकार भन्दै गतिशील स्थायित्वको पक्षमा रहेको बताए ।


































