काठमाडौँ। प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सामाजिक सञ्जाल एमालेमय बनाउन निर्देशन दिएका छन्।
विद्यार्थी संगठन अनेरास्ववियुलाई एमालेको प्रचारमा टिकटक लगायतका सञ्जालमा एमालेको प्रचारको बाढी ल्याउन ओलीले निर्देशन दिएका छन्।
पार्टी कार्यालय च्यासलमा आयोजित अनेरास्ववियुको कार्यशालामा ओलीले सामाजिक सञ्जालमा आक्रामक शैलीमा प्रस्तुत हुन निर्देशन दिएका छन्। “हाम्रा साथीहरूलाई एग्रिसिभ्ली अघि बढ्न आग्रह गर्छु ।
साथै, ओलीले पत्रपत्रिकामा आएको कुरामा ध्यान नदिई हातमा भएको मोबाइलबाट प्रचार गर्न निर्देशन दिए। “पत्रपत्रिकामा के आयो भने छाडिदिनुस्, युट्युबमा के आयो भनेर छोडिदिनुस् । अनेरास्ववियुको प्रचारको समुन्द्र, बाढी बगाउनुस् न, मोबाइलमा । अरू चाहिँदैन, अनेरास्ववियुको आवाजले नै धान्छ,” ओलीले भने ।
“टिकटकमा अरूले मौका नै नपाउने गरी सधैँ एमालेले भर्ने बनाइदिनुस् न,” ओलीले भने , “अरूको हेर्नै नभ्याउने गरी खोल्ने बित्तिकै एमाले, एमाले, अनेरास्ववियु, अनेरास्ववियु‘।”


































