काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुद्युम्न प्रसाद उपाध्यायलाई थप चार वर्षका लागि पुनर्नियुक्त गर्ने निर्णय गरेको छ ।
कम्पनीको सञ्चालक समितिको भदौ २४ गते बसेको १९२औँ बैठकले उपाध्यायलाई दोस्रो कार्यकालका लागि पुनर्नियुक्त गर्ने निर्णय गरेको हो ।
हाल सीईओका रूपमा कार्यरत उपाध्यायको पहिलो कार्यकाल २०८३ कात्तिक ६ गते समाप्त हुँदैछ । त्यसपछि उनको दोस्रो कार्यकाल २०८३ कात्तिक ७ गतेदेखि सुरु भई २०८७ कात्तिक ६ गतेसम्म कायम रहने कम्पनीले जनाएको छ ।
कम्पनी सञ्चालक समितिको निर्णयअनुसार उपाध्यायले अब थप चार वर्ष सानिमा जिआईसी इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतका रूपमा जिम्मेवारी सम्हाल्नेछन् ।
उपाध्यायको पुनर्नियुक्तिसम्बन्धी जानकारी कम्पनीले नेपाल स्टक एक्सचेन्ज (नेप्से)लाई समेत गराइसकेको छ ।

































