National life

नेको इन्स्योरेन्सको विशेष साधारण सभा सम्पन्न, २५% हकप्रद प्रस्ताव पारित

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|१९ असोज २०८०, शुक्रबार
697Shares
नेको इन्स्योरेन्सको विशेष साधारण सभा सम्पन्न, २५% हकप्रद प्रस्ताव पारित
ncell

काठमाडौँ । नेको इन्स्योरेन्स कम्पनी लिमिटेडको विशेष साधारण सभा आज (असोज १९ गते, शुक्रबार) सम्पन्न भएको छ । उक्त सभा लिसारा रिसेप्सन, नक्साल काठमाडौँमा सञ्चालन गरिएको थियो ।

कम्पनीका अध्यक्ष रोहित कुमार भट्टराईको अध्यक्षतामा सम्पन्न भएको विशेष साधारण सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम चुक्ता पुँजीको २५ प्रतिशत हकप्रद सेयर गर्ने विशेष प्रस्ताव पारित गरेको छ ।

यसका साथै, सभामा प्रबन्धपत्र तथा नियमावलीमा संशोधन प्रस्ताव पारित गर्ने र उक्त संशोधनहरुमा नियामक निकायहरुबाट कुनै परिमार्जन गर्न सुझाव वा निर्देशन भएमा सो अनुसार आवश्यक परिमार्जन गर्ने सम्बन्धी सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव पनि पारित गरिएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
697SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?