National life

तरलता बढेको र ब्याजदर घटेकाले राष्ट्र बैंकको नीति लचिलो बनेको छ: गभर्नर अधिकारी

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१४ वैशाख २०८१, शुक्रबार
460Shares
तरलता बढेको र ब्याजदर घटेकाले राष्ट्र बैंकको नीति लचिलो बनेको छ: गभर्नर अधिकारी
ncell

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज वैशाख १४ गते शुक्रवार आफ्नो ६९ औँ वार्षिकोत्सव मनाएको छ । राष्ट्र बैंकले केन्द्रीय कार्यालय बालुवाटारको प्राङ्गणमा आफ्नो वार्षिकोत्सव कार्यक्रम मनाएको हो।

सोही वार्षिकोत्सवको अवसरमा आफ्नो भनाई राख्दै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले वित्तीय प्रणालीप्रति सर्वसाधारणको विश्वसनीयता अभिवृद्धि गर्न राष्ट्र बैंक प्रतिबद्ध रहेको बताएका छन् ।

साथै उनले मुलुकले परिलक्षित गरेको आर्थिक विकासका लक्ष्य प्राप्तिमा सहयोग पुर्‍याउन राष्ट्र बैंक सदा समर्पित रहने गभर्नर अधिकारीको प्रतिबद्धता रहेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
अधिकारीले तरलता बढेको र ब्याजदर घटेकोले आर्थिक गतिविधि चलायमान हुने आधार तयार भएको बताएका छन् ।

तरलता बढेको र ब्याजदर घटेकोले राष्ट्र बैंकको नीति समेत लचिलो बन्दै गएको गभर्नर अधिकारीको भनाई छ । कर्जा असुलीमा दबाब रहँदा खराब कर्जा बढेको उनले बताए। आगामी दिनमा कर्जा असुली सहज हुँदै जाने समेत अधिकारीको भनाई छ ।

‘आर्थिक गतिविधिमा आएको केही शिथिलताका कारण बैंकिङ प्रणालीको कर्जा असुली दबाबमा रहेको हुँदा निष्क्रिय कर्जा अनुपात केही बढेको अधिकारीले बताए ।

‘२०८० फागुनमा बैंक तथा वित्तीय संस्थाको औसत निष्क्रिय कर्जा कुल कर्जाको ३.७३ प्रतिशत पुगेको छ।’ उनले भने, ‘यद्यपि,२०८० फागुन मसान्तसम्म बैंक तथा वित्तीय संस्थाको खुद तरल सम्पत्ति कुल निक्षेपको २९.४१ प्रतिशत रहेको र कुल पुँजी कोष जोखिम भारित सम्पत्तिको १२.४४ प्रतिशत रहेकाले नेपालका बैंक तथा वित्तीय संस्थाको वित्तीय स्थिति सुदृढ अवस्थामा नै रहेको छ ।

राष्ट्र बैंकको ६९औँ वार्षिकोत्सवको सुखद अवसरमा मुलुकको समष्टिगत आर्थिक स्थायित्वमार्फत अर्थतन्त्रको दिगो विकाससँगै सुरक्षित एवम् सक्षम भुक्तानी प्रणालीको सबलीकरणका लागि आवश्यक मौद्रिक तथा विदेशी विनिमय नीति निर्माण गरी व्यवस्थापन र वित्तीय सेवाको पहुँच विस्तार गर्दै मुलुकले परिलक्षित गरेको आर्थिक विकासका लक्ष्य प्राप्तिमा सहयोग पुर्‍याउन आफू सधैँ समर्पित रहेको बताएका छन् ।

वार्षिकोत्सव कार्यक्रममा राष्ट्र बैंकका पूर्व गभर्नरहरू, पूर्व डेपुटी गभर्नरहरू, पूर्व विशिष्ट श्रेणी तथा पूर्व प्रथम श्रेणीका अधिकृत लगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो । राष्ट्र बैंकका प्रादेशिक कार्यालयहरूले पनि विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाउँदै छन् । नेपाल राष्ट्र बैंकको स्थापना २०१३ साल वैशाख १४ गते (२६ अप्रिल १९५६) भएको हो ।

यो समाचार शेयर गर्नुहोस्
460SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?