National life

देशभर हडपिएका सरकारी जग्गा फिर्ता ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२४ फागुन २०८०, बिहिबार
1.2kShares
देशभर हडपिएका सरकारी जग्गा फिर्ता ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन
ncell

काठमाडौं । नवनियुक्त उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले देशैभरिबाट हडपिएका सरकारी जग्गा यथाशीघ्र सरकारका नाममा फिर्ता ल्याउन निर्देशन दिएका छन्।

गृह मन्त्रालयमा बुधबार साँझ पदबहाली पश्चात उनले व्यक्ति तथा संस्थाले हडपेका सरकारी स्वामित्वका जग्गा तत्काल सरकारमा ल्याउन पहल गर्नुपर्ने बताए। उनले कर्मचारीलाई निर्देशन दिँदै भने,“सरकारी जमिन हडप्नेलाई निर्मम कारबाही गर्नुस्, हडपिएका सरकारी जमिन सरकारको नाममा ल्याउनुस्।”

गृहमन्त्री लामिछानेले नेपाली नागरिकले शान्ति सुरक्षाको प्रत्याभूति हुने खालका काम गर्न निर्देशन दिए।“नागरिकलाई दुःख दिने खालका कुरा आफूलाई सैह्य हुँदैन, बर्दी लगाएको प्रहरी देख्दा नागरिकलाई सुरक्षा महसुस हुनुपर्छ, सोहीअनुसार काम गर्नु होला”,उनले भने।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको शपथ लिएपछि गृह मन्त्रालय पुगेका उनलाई गृहसचिव दिनेशकुमार भट्टराई, प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर, सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक राजु अआर्याललगायत उच्च अधिकारीले स्वागत गरेका थिए।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?